spot_img

बाराको दर्जनौं स्थानका घरेलु मदिराभट्टीमा छापामारी



वीरगंज, १८ असोज ।
बाराको विभिन्न स्थानमा अखाद्य वस्तु मिसाएर घरेलु मदिरा बनाउने भट्टीहरु छयाप्छयाप्ती भएपछि जिल्ला प्रहरी कार्यालय, बाराले घरेलु मदिराभट्टी छापामारी तोडफोड गरी संलग्न व्यक्तिलाई कारबाही गर्न शुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा, कलैया असोज १८ गते करैयामाई गा.पा. वडा न. ०३ गालोपट्टी, महागढीमाई न.पा. वडा न. १०, गंजभवानीपुरको ९ ठाउँमा रहेका अवैध घरेलु मदिरा भट्टी तोडफोड गरी कच्चा पदार्थ ५४ हजार लिटर र तयारी मदिरा २५ हजार लिटर नष्ट गरेको छ । मदिरा बनाउन प्रयोग हुने ड्रम १४ वटा, डेक्ची १ वटा, मदिरा तयार पार्ने मेशिन ५ वटा नियन्त्रणमा लिएको जिप्रका बाराका सूचना अधिकारी प्र.ना.उ. दधिराम न्यौपानेले जनाएका छन् ।
यसैगरी असोज १७ गते पचरौता न.पा.वडा नं.८ छपकैयाको ५ ठाउँमा सञ्चालनमा रहेका अवैध मदिरा भट्टी तथा आदर्शकोतवाल गा.पा.वडा नं.६ पटेर्वाको दुई ठाउँमा सञ्चालनमा रहेका अवैध मदिरा भट्टी तोडफोड गरेको छ । सो ठाउँबाट कच्चा पदाथ ४० हजार लिटर र तयारी मदिरा ४ हजार लिटर नष्ट गरेको तथा मदिरा राख्ने ड्रम ७६ वटा, मदिरा तयार पार्ने मेशिन ५ वटा नियन्त्रणमा लिएको सूचना अधिकारी प्र.ना.उ. दधिराम न्यौपानेले जानकारी गराएका छन् ।
अखाद्य मदिरा र जताततै अवैध मदिरा भट्टि र पसलको कारण अहिले समाजमा अशान्ति फैलिएको एकजना बुजुर्गले बताए । प्रहरीले घरेलु मदिरामाथि नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर