spot_img

काठ बोकेको ट्याक्टरसहित चालक प्रहरीको फन्दामा



रौतहट ०१ कार्तिक । रौतहट स्थित प्रहरी गस्ती टोलीले अवैध काठ बोकेको ट्याक्टरसहित चालकलाई पक्राउ गरेको छ। स्थानीय वृन्दावन नगरपालिका ६ हर्षाहा चौक स्थित इलाका प्रहरी कार्यालय गरुडाबाट गएको टोलीले मंगलबार साँझ काठ लोड रहेको ना ७ त ४३६८ नम्बरको ट्रयाक्टरसहित चालकलाई नियन्त्रणमा लिएको हो।
बरामद सालको १६ थान गोलिया काठसहित ट्याक्टर र चालक चन्द्रपुर नगरपालिका ३ गैंडाटारका वर्ष २५ को सतावन धामीलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रपुरमा बुझाइएको डिएसपी ओम प्रकाश खनालले जानकारी दिए ।
बरामद ट्याक्टर सहितको काठको कुल २१ लाख नौ हजार तीन सय छत्तिस रुपैयाँ मूल्याङ्कन गरी बन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर