spot_img

जग्गाको विवादमा घाइते भएकी रीताको मृत्यु



वीरगंज, १० कात्तिक/
जग्गाको विवाद बढेर झगडा हुँदा पर्सामा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिपहरमाई गाउँपालिका–२ भेडिअर्वाकी ५० वर्षीया रीतादेवी रहेकी छन् ।
उनको गत सोमवार राति उपचारको क्रममा एलएस न्युरो अस्पतालमा मृत्यु भएको र गत मङ्गलवार शल्यपरीक्षण गरी दाहसंस्कार गरिएको परिवारजनले बताएका छन् ।
स्थानीय धनई बरईका छोरा सन्दीप बरई, आफन्तजनक दिनेश बरई, रमेश बरई, मुनीलाल साह कानूलगायतले रीतालाई कुटपिट गरेका थिए । रीतालाई सन्दीपले बाँसको फाटाले प्रहार गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
सो झगडामा रीताका पति शम्भुराउत अहिर, ज्वाइँ सखुवाप्रसौनी गापा–४ देउरवाना बस्ने ३१ वर्षीय विनोदराय यादव, छोरी २८ वर्षीया सुनीता देवीलगायत घाइते भएका थिए ।
पर्सा प्रहरीले अहिले धनईलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरी चौकी टिउकीको लापरवाहीका कारण कुटपिटमा संलग्न अभियुक्तहरू फरार भएका पीडित पक्षको आरोप छ ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर