spot_img

कांग्रेसद्वारा वडाअध्यक्ष महर्जनलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग



वीरगंज, १० कात्तिक । अष्टमीको राति वीरगंज महानगरपालिका–७ का वडाअध्यक्ष हीराकाजी महर्जनलाई प्रहरीले कुटपिट गरेको भन्दै नेपाली कांग्रेस पर्साले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै सात दिने अल्टिमेटम दिएको छ ।
कांग्रस पर्साका कार्यबाहक सभापति रामनारायण कुर्मीको अगुवाइमा कारबाईको माग गर्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापन पत्रमा वडाअध्यक्ष महर्जनले दुर्गा पुजा आराधना गरिरहेका थिए, तर प्रहरी नायब निरीक्ष्Fक रवीन्द्र साहले दुर्गा पुजालाई बन्द गर्न चेतावनी दिएका थिए । वडाअध्यक्षले धार्मिक कार्यमा अवरोध नगर्न आग्रह गरे, तर त्यो आग्रहलाई बेवास्ता गरी प्रहरीले वडाअध्यक्ष महर्जनलाई कुटपिट गर्यो । जसबाट उनको आँखामा चोट लाग्यो ।’
वडाअध्यक्ष महर्जन अहिले उपचारको क्रममा नै रहेको जनाउँ गर्दै कांग्रेस पर्साले कुटपिट गर्ने प्रहरी चौकीका इन्चार्ज रवीन्द्र साह तुराहालाई कारबाईको माग गरेको हो ।
नगवा प्रहरी चौकीका इन्चार्ज तुराहालाइ सात दिनभित्र कारबाई नगरिए चरणबद्ध आन्दोलन गर्ने कांग्रेस पर्साले ज्ञापन पत्रमार्पmत चेतावनी दिएको छ ।
ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीले घटनावारे छानविन गरेर आवश्यक अनुसन्धान गर्ने आश्वासन दिए । घटनाको वास्तविकता बुझेर थप प्रक्रिया अगाडि बढाइनछ, प्रहरी प्रमुखसंग समन्वय गरेर जसले गल्ती गरेपनि त्यसमाथि समिक्षा गरेर कारबाईको प्रक्रिया बढ्छ ।’
यही ५ गते वडाअध्यक्ष महर्जन र नगवाका प्रहरी इन्चार्ज तुराहाबीच विवाद भएको थियो । रक्सी सेवन गरेर विवाद गरेको भन्दै पर्सा प्रहरीले वडाअध्यक्ष महर्जनलाई रातभर थुनामा राखेको थियो । त्यसपछि विहान आफन्तको जिम्मा वडाअध्यक्ष महर्जनलाई छाडिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर