spot_img

२६ किलो चरेश–गाँजासहित दुईजना बाराबाट पक्राउ



वीरगंज, २६ मंसिर । जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा लागुऔषध चरेश तथा गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बारा प्रहरीले विशेष जाँचको क्रममा २६ किलो लागुऔषध चरेश तथा गाँजा सहित २ जनालाई पक्राउ गरेको जनाएको हो ।
प्रहरीले चितवन साविक मेघौली वडा नं. ६ हाल परिवर्तित भरतपुर महानगरपालिका वडा नम्बर. २७ का रोशन बहादुर दमई र चितवन माडी नगरपालिका–६ का वर्षीय देव नारायण महतोलाई पक्राउ गरेको हो ।
मकवानपुरको हेटौडा–१५ स्थित रातोमाटे चेकपोष्टबाट बा. १४ च ३७०८ नम्बरको मारूती सुजुकी कार जाँच नगराई फरार भएको सूचना बारा प्रहरीलाई आएको थियो ।
यही सूचनालाई पछ्याउँदै जाँदा बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिको जंगलमा लुकाइछिपाई राखिएको अवस्थामा पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।
उनीहरूको साथबाट २६ किलो ८०० ग्राम अवैध लागुऔषध चरेश तथा गांजा बरामद भएको डिएसपी न्यौपानेले बताए । पक्राउ परेकाहरूविरूद्ध आवश्यक अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर