लण्डन संवाददाता
चार दिने बेलायत भ्रमणमा रहेका रास्वपाका सभापती रबि लामिछानेले गैर्ह आवासिय संघका प्रतिनिधीलाई नेताको घरमा धाएर आफुलाई चुनाव जिताउनका निमित्त अनुरोध नगर्न सल्लाह दिएका छन् ।
गत गत मंगलवार बेलायतको अल्डरशट स्थित एम्पायर हलमा आयोजित खुल्ला छलफल तथा अन्तर्कृया कार्यक्रम मा सहभागीहरुको जिज्ञासालाई सम्बोधन गर्दै लामिछानेले एन आर एनमा दुईचिरा देखिनु दु:खद भएको बताउँदै चुनावका बेला आफुलाई जिताईदिन एन आर एन का प्रतिनिधीहरु आफू सम्बद्ध नेताहरुको ढोका चाहर्ने गरेको देखिएको हुँदा त्यसो नगर्न अनुरोध गरेका हुन् । चुनाव “जिताईदिनको लागि हात जोड्दै अरुकोमा पुगे पनि म समक्ष भने नआईदिनु होला” उनले भने ।
कार्यक्रममा आएका नागरिकता सम्बन्धि प्रश्नको जवाफमा लामिछानेले आफू ‘एक पटकको नेपाली सँधैको नेपाली’ भन्ने कुरामा अडिग रहेको बताए । त्यस्तै बेलायतका भुपु गोर्खाहरुको सवालमा भने आफ्नो पार्टिले यस्को बिस्तृत अध्यन गरेर समस्या समाधानका लागि पहल गर्ने बताए ।
भुपु गोर्खाप्रती बेलायत सरकारले गरेको विभेदको बिरुद्धमा निरन्तर लडिरहेका धन बहादुर गुरुङ्ग र ज्ञानराज राईले लामिछानेलाई ज्ञापन पत्र समेत बुझाएका थिए । त्यस्तै एन आर एन का अभियन्ता रामशरण सिखडाले पनि सभापती लामिछानेलाई नागरिकता सम्बन्धी ज्ञापन पत्र बुझाएका थिए ।
स्थानिय बयोबृदा महिलाहरुले रबि लामिछानेलाई नेपाली झण्डा ओडाएर भब्य स्वागत गरेका थिए भने कार्यक्रम स्थलमा सयौंको सख्यामा स्थानियहरुको उपस्थिती रहेको थियो ।
प्रवास नेपाली सम्पर्क बिभाग युके को आयोजनामा आयोजित सो अन्तर्कृया कार्यक्रमको सभापतित्व पवन शर्माले गरेका थिए भने प्रमुख आमन्त्रितमा रास्वपा सभापती रबि लामिछाने, विशेष आमन्त्रितमा रास्वपाका सह-कोषाध्यक्ष दिपकराज बोहरा लगायत नारी टेलिभिजनकी प्रवन्धक निकिता पौडेल रहेकी थिईन् ।
खादा,माला ब्याच तथा ब्यानरको प्रयोग बिनानै संचालित सो कार्यक्रममा आसन ग्रहणको सट्टामा पदिय स्थान ग्रहण भन्ने शब्द प्रयोग गर्दै सिमित ब्यक्तिहरुलाई मात्रै स्थान ग्रहण गराईएको थियो । त्यस्तै सिमित ब्यक्तिहरुलाई मात्र सम्बोधन गर्न दिईएको सो कार्यक्रममा मन्तब्यलाई भन्दा पनि सहभागीहरुको जिज्ञासा,सल्लाह र सुझावलाई प्राथमिकता दिदै लिखित तथा मौखिक जिज्ञासाहरुलाई रास्वपा सभापती लामिछानेले सम्बोधन गरेका थिए । कार्यक्रममा रास्वपा युके बिभागका केन्द्रिय सदस्य शिव कँडेलले स्वागत सम्बोधन गरेका थिए भने कार्यक्रमको सयोजक शान्ता बहादुर गुरुङ्गले गरेका थिए ।
निक्कैनै फरक शैलीमा आयोजित सो कार्यक्रमका सहभागीहरुले आफुहरुलाई कार्यक्रमको शैली मन परेको प्रतिकृया दिएका थिए । रिडिङ्गबाट कार्यक्रममा सहभागी हुन आएका सुवाष चौलागाईले रास्वपा बिभागले गरेको कार्यक्रम तडक भडक रहित भएको र यस्तै शैलीलाई अन्य पार्टिहरुले पनि पछ्याउनु पर्ने प्रतिकृया दिए । त्यस्तै सोही कार्यक्रमा सहभागीहुन २ घन्टाको यात्रा गरि उलविचवाट आएकी गङ्गा राईले आफुलाई पनि कार्यक्रम गर्ने शैलीनै मन परेको बताईन् । अनावस्यक खर्च र नचाहिदो तडक भडक अनी आसन ग्रहण र मन्तव्यको नाममा कार्यक्रमहरुलाई भद्दा बनाउने प्रचलनलाई रास्वपा युकेले तोडेको बताईन् ।
आफ्नो चार दिने भ्रमणका क्रममा लामिछानेले स्विण्डन स्थित नेप्लिज एसोसियसन अफ वेल्सायरको कार्यक्रममा सरिक हुनुका साथै प्रवास नेपाली संपर्क बिभाग युकेद्वारा मिडल्याण्ड, प्लम्स्टिड र अल्डरशटमा आयोजित बिन्नाभिन्नै अन्तर्कृया कार्यक्रममा उपस्थित भई स्थानिय नेपाली समुदायहरुसङ्ग सम्वाद गरेका थिए । बेलायतमा आयोजित सम्पूर्ण कार्यक्रमहरु समापन गरी लामिछाने हिजोनै नेपाल प्रस्थान गरिसकेका छन् ।