spot_img

३८० किलो गाँजासहित दुईजना भारतीय पक्राउ



काठमाडौँ ३ पुष २०८०, मंगलवार । प्रहरीले चितवनमा ३८० किलो गाँजासहित दुई जना पक्राउ परेका गरेको छ ।भरतपुर महानगरपालिका९१ आँपटारीबाट मङ्गलवार बिहान दुई जनालाई गाँजासहित पक्राउ प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच-०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाएको २८ पोका बरामद गरेको हो । पक्राउ पर्ने दुई जना चालक र सहचालक हुन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर