spot_img

हैप्पी न्यू इयर २०२४ भन्दै भारतीय पर्यटकहरुको नेपालमा



वीरगंज, १६ पुस । सन् २०२४ का दिन वीरगंज भएर भारतीय पर्यटकहरु उल्लेख्य मात्रामा नेपाल आएर नयाँ वर्ष मनाउंदै छन् ।
भारतको बिहार, युपी प्रदेशबाट पर्सा जिल्लाको वीरगंजको घडीअर्वा, भिस्वा, ठोरी, बारा जिल्लाको शहीद स्मारक, त्रिखण्डीलगायत स्थान, चितवनको सौराहा, कास्कीको पोखरा, बागमतीको काठमाडौंमा आज भारतीय मात्र होइन नेपाली पर्यटकहरुको पनि उल्लेख्य भीड लागेको छ ।
भारतको बिहारमा मदिरा निषेध भएपछि नेपालमा आएर वनभोज गरी रमाउनेहरुको उल्लेख्य भीड लागेको छ । भारतीय नम्बरको जीप, कार, भ्यान, मोटरसाइकल अहिले नेपालको हाइवे क्ष्Fेत्रको ससाना होटलहरुमा उल्लेख्य भीड लागेको छ ।
जनवरी १ का दिन विश्वभरि नै विभिन्न कार्यक्रम हुनुको साथै नेपालमा समेत विभिन्न साँस्कृतिक कार्यक्रम गरि पिकनिक स्पोटसमा गई मनाउने प्रचलन रहेको ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर