spot_img

मधेस बन्दको आंशिक प्रभाव, दर्जनौं पक्राउ



वीरगंज । आम जनता पार्टी (आजपा) ले आज आहवान गरेको मधेश बन्दको आंशिक प्रभाव परेको छ । आजपाका नेता कार्यकर्ताहरूले आज मधेसका आठ वटै जिल्ला लगायतका सदरमुकाम बन्द आहवान गर्दै प्रदर्शन गरेका छन् ।
वीरगंजबाट पाँचजना कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ । वीरगंजको पावरहाउस चोकबाट दुर्ईजना र इदगाह चोकबाट ३ जना गरी पाँचजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो । यस्तै जनकपुरमा गरिएको प्रदर्शनमा प्रहरीले दर्जनौंलाई धरपकड गरेको आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले बताउनुभयो ।
मधेश प्रदेशमा राष्ट्रिय सभाका दुर्ई सदस्य चयनका लागि राजधानी जनकपुरधाममा बिहान ९ बजेदेखि नै मतदान जारी छ । बन्द गराउने क्रममा जनकपुरको रामाननदचोकमा एक सरकारी सवारीसाधन तोडफोड गर्ने क्रममा दुर्ई दर्जन नेता–कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको आजपाका केन्द्रीय सदस्य विजय साहले जानकारी दिए ।
यस निर्वाचनमा सहभागी हुन आएका प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षसहितको सरकारी सवारीसाधनलाई विशेष टार्गेट बनाएर तोडफोडसहितका गतिविधिमा केन्द्रित हुनका लागि आजपाले आफ्ना कार्यकर्तालाई निर्देशन नै दिएको छ ।
यस बन्दका कारण एक दिन अघि नै सबै जिल्लाबाट मतदाता आएर जनकपुरधाममा बसेका थिए ।
उनीहरूलाई मतदान केन्द्रसम्म प्रहरीले स्कर्टिंग गरी ल्याइ रहेको छ भने सबै मतदातालाई विभिन्न चरणमा गरी बसमा एकै पटक ल्याउने गरेको छ ।
बैंकहरूले लिने गरेको मनपरि ब्याज फिर्ता गराउन, लघुवित सहकारीका सम्पूर्ण कर्जा माफ गराउन, आमजनतालाई सहज एवम सुलभ कर्जा दिलाउन, भन्सार कर्मचारीहरूले भन्सार छलिका समानमा पाउने ४५ प्रतिशत कमिशनको विरोधमा र कर कार्यालयका कर्मचारीहरूले व्यापारीहरूको पसलबाट अराजक शैलीमा बहिखाता नियन्त्रणमा लिने विरूद्धमा बन्द घोषणा गरिएको आजपाले जनाएको छ ।
बन्दको पूर्व सन्ध्यामा आजपाले हिजो वीरगंजमा राँके जुलुस प्रदर्शन गरेको थियो । आज विहानदेखि नै आजपा कार्यकर्ताहरूले ठाउँठाउँमा बजार बन्द गराउँदै हिडेका छन् ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर