spot_img

नागरिकता छानबिन गर्न गृह मन्त्रालयको टोली परिचालन



वीरगंज २५ माघ । वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहका विरूद्ध परेको उजुरी माथि छानविन गर्न गृह मन्त्रालयले उपसचिवको नेतृत्वमा दुर्ई सदस्य टोली वीरगञ्ज पठाएको छ ।

गृहमन्त्रालयका उपसचिव पुष्कर राणाको संयोजकत्वमा गठित दुई सदस्यीय टोली छानविन टोलीमा शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहनु भएको छ ।

नागरिकता प्रकरणमा अनुसन्धानका लागि गृह मन्त्रालयले राणाको नेतृत्वमा गठन गरेको २ सदस्यीय छानविन समिति आजैदेखि सम्बन्धीत ठाउँका लागि रवाना भएको स्रोतको दाबी छ ।

यसैबीच नागरिकताको छानविनको माग गर्दै आज दोस्रो दिन पनि सचेत नागरिक समाज पर्साको नाउँमा जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर