spot_img

नेपाल महिला टी–२० एसिया कप खेल्नबाट बञ्चित



काठमाडौं ४ फागुन। एसीसी वुमन्स प्रिमियर कप २०२४ को सेमिफाइनलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको छ। नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले अन्तिम ओभरमा पूरा गरेको छ।
मलेसियाका लागि एलिसा हन्टरले ५३ बल खेल्दै ६९ रनको उत्कृष्ट पारी खेलेकी थिइन्। उनले ६ चौका प्रहार गरिन्। नेबलरले खासै राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल पराजित हुन पुग्यो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो। नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित २९ रन बनाइन्। डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको योगदान दिएक थिइन्।
मलेसियाकी महिराह इजाती इस्मालीले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन्। विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन्।
मलेसियासँग पराजित भएसँगै नेपाल यसै वर्ष हुने महिला टी–२० एसिया कप खेल्न पाउने अवरबाट बञ्चित भएको छ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर