spot_img

ग्यास सिलिन्डर पडकिंदा एकको मृत्यु, चारजना घाइते



बारा, १४ फागुन । बाराको निजगढ नगरपालिका–७ सहीद चोकमा आज मध्याह्न सिलिन्डर पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम मगरको मृत्यु भएको छ । मगरले सञ्चालन गरेको रोहित वर्कसपमा काम गर्दै गरेका बेला अचानक सिलिन्डर विस्फोट हुँदा रेशमसहित पाँच जना घाइते भएका हुन् ।
विस्फोटबाट चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन्द साह, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र २० वर्षीय रितु रजत रहेका छन् भने निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापाको अवस्था सामान्य रहेको छ ।
घाइते सबैको निजगढ नगरपालिका ९ स्थित निजगढ सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको छ । हाल चार जनालाई थप उपचारका निम्ति वीरगंज रिफर गरिएको छ भने एक जनाको सामुदायिक अस्पताल निजगढमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर