वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिँह बिरुद्ध सरकारी कागज किर्तेको जाहेरी पर्सा प्रहरीमा दर्ता भएको छ।बिहीबार उनी बिरुद्ध जाहेरी दर्ता भएको हो।मेयर सिँहसहित उनी छोरी भनिएकी रुवीना श्रेष्ठ,रिता भटराई र भिखारी राय बिरुद्ध पनि सरकारी कागज किर्तेको जाहेरी दर्ता भएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।
सरकारी वकिलको कार्यालयले पठाएको पत्र अनुसार उनीहरु बिरुद्ध जाहेरी दर्ता गरिएको थापाले बताए।‘सरकारी वकिलको कार्यालयबाट आएको पत्र र अर्को जाहेरीमा मेयर सिँहसहित रुवीना श्रेष्ठ,रिता भटराई र भिखारी रायको पनि नाम छ उनीहरु सबै बिरुद्ध जाहेरी दर्ता भएको हो,उनले भने।’सरकारी वकिलको कार्यालयले पहिले नै जाहेरी दर्ता गर्नको लागि जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको थियो।
महानगरका मेयर सिँहले रुवीना श्रेष्ठको जन्मदर्ता सरकारी कागजात किर्ते गरि बनाएको अभियोगमा जाहेरी दर्ता भएको हो।भिखारी राय भने रुवीनाको जन्मदर्तामा सही गर्ने स्थानीय पञ्जिधकारी भएको दाबी गरिएको छ।मेयर सिँहले रुवीना श्रेष्ठलाई बँशजको आधारमा नागरिकता दिलाएको भन्दै यसअघि नै गत पुस २४ गते नै जिल्ला प्रशासन कार्यालय पर्सामा पनि झुठो विबरण पेश गरि ०७४ साल साउन १३ गते अर्काको छोरीलाई नागरिकता दिलाएको आरोपमा मेयर सिँह बिरुद्ध जाहेरी दर्ता भएको थियो।
जाहेरीमा मेयर सिँहको एउटा मात्रै छोरा रहेको तथा कुनै पनि छोरी नभएकोले अर्काकी छोरीलाई आफनो छोरी भन्दै नागरिकता दिलाएकोले कारवाहीको माँग गरिएको थियो।सो समबन्धमा गृह मन्त्रालयबाट नै आएको छानबिन टोलीले छानबिन गरि फर्किएको थियो।गृह मन्त्रालयबाट नै छानबिन टोली आएको तथा उक्त टोलीले दिने प्रतिबेदन अनुसार नै जिल्ला प्रशासनले पनि कारवाही प्रक्रिया अघि बढाउने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्