spot_img

नागरिकता किर्ते प्रकरणमा मेयरलाई कारबाही माग गर्दै र्याली



वीरगंज चैत ६, २०८० नागरिकता किर्ते प्रकरणमा मेयर राजेशमान सिंहलाई कारबाहीको माग गर्दै वीरगंजमा मोटरसाईकल र्याली निकालिएको छ ।
आन्दोलन घोषणा गरेको चौथो दिन मंगलबार र्याली निकालिएको हो ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई कारबाही माग गर्दै निरन्तर आन्दोलन भईरहेको छ ।
वीरगंजको घण्टाघर चोकबाट निकालिएको र्याली नगरको माईस्थान, महाविरस्थान, अलखिया मठ, आदर्शनगर हुँदै घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।
सचेत नागरिक वीरगंजका स्थानीय सर्वसधारण तथा विभिन्न दलका नेता कार्यकर्ताहरुको सहभागितामा आन्दोलन हुँदै आएको छ ।
शुक्रबार बसेको सर्वदलीय बैठकले किर्तेमाथि किर्ते गरेका मेयर सिंह विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो । त्यसैको पहिलो दिन शनिवार मसाल जुलुस, दोश्रो दिन घण्टाघरमा भेला भएर विरोध प्रदर्शन, तेस्रोदीन हस्ताक्षर संकलन र आज मोटरसाईकल र्याली निकालिएको हो ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर