spot_img

हुण्डीको साढे १३ लाखसहित दुईजना बाराबाट पक्राउ



वीरगंज, २० चैत । जिल्ला प्रहरी कार्यालय, बाराले आज पत्रकार सम्मेलन गरी हुण्डी कारोवारमा संलग्न रहेका २ जना व्यक्तिलाई १३ लाख ५० हजार अवैध रकमसहित प्रहरीको नियन्त्रणमा लिएको जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी टोलीले चैत १९ गते १ बजे बारा, बिश्रामपुर गाउँपालिका वडा नं.४ मुसहर्वा स्थित सडकखण्डमा हरिकिशोर प्रसाद पटेललाई उक्त रकमसहित पक्राउ गरेको जनाएको छ । पटेलले २–०३–०१६ प २३३७ नं. को मोटरसाईकलमा भारतबाट नेपालमा श्रोत नखुलेको रकम ओसार पसार गर्ने क्रममा तेह लाख पचास हजारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बारा महागढीमाई नगरपालिका वडा नं. १ बस्ने ४२ वर्षको रमेश प्रसाद कुशवाहालाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको जिप्रका बाराका सूचना अधिकारी प्र.ना.उ.दधिराम न्यौपानेले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर