spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा शुक्रवार चियापान कार्यक्रम हुने



वीरगंज, ४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा पर्सा जिल्लामा चियापान कार्यक्रमको आयोजना गरिने भएको छ ।
असार ७ गते शुक्रवार बिहान ८ बजे क्लासिक ब्यांकवेट सभाहलमा चियापान कार्यक्रमको आयोजना गरिने राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका संयोजक हरि पन्तले जानकारी गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साद्वारा आयोजना गरिने उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एबम शुभचिन्तक, सदस्य र अन्य दलका स्थानीय नेता हरू र उद्योगि ब्यबसायीहरूको समेत को उपस्तिथि रहने राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका संयोजक पन्तले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी, पर्सा द्वारा आयोजित यस विशेष चियापान कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनुहुन संयोजक पन्तले अनुरोध समेत गरेका छन ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर