बेलायत, १३ कात्तिक । रास्वपा समर्थित नेपालीहरूको संगठन प्रवास नेपाली सम्पर्क बिभाग ( युके)ले नेपालका वर्तमान राजनैतिक तथा सामाजिक मुद्दाहरूप्रती ध्यानाकर्षण गर्दै प्रधानमन्त्रीलाई सम्बोधित एक ज्ञापन पत्र लण्डन स्थित राजदुतावासलाई बुझाएको छ ।
८७ अर्व भन्दा बढी रकम अपचलन भएको सहकारी मुद्दालाई ओझेलमा पार्ने बदनियतका साथ रास्वपा सभापति रवि लामिछानेलाई राजनैतिक प्रतिशोधको भावले पक्राउ गरिएको प्रती बिरोध तथा भत्र्सना गर्दै लामिछानेलाई यथा सिघ्र रिहा गर्नु पर्ने माग सहित लण्डन स्थित राजदुतावासमा युके विभागले ज्ञापन पत्र बुझाएको हो ।
रास्वपा युकेले ज्ञापन पत्र बुझाउनको लागी केही दिन अगाडी राजदुतावासमा समय माग्दा समय दिन नमानेपछि सामाजिक सञ्जालमा असन्तुष्टी जाहेर भए पस्चात मात्र हिजोको लागि समय उपलब्ध गराएको र सभापति पवन शर्मा नेतृत्वको टोलीले दूतावास पुगेर कार्यवाहक राजदूत विपिन दुवाडीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिले प्रतिवेदन अनुसार वास्तविक ठगीमा संलग्न व्यक्तिहरूलाई कारबाई गर्न र जनताको रकम फिर्ता दिलाउनु पर्ने दायित्वबाट विमुख भई रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा हिरासतमा लिएको घटनाको भत्र्सना गरिएको छ।’
त्यस्तै ज्ञापनपत्रमा सहकारी ठगीमा संलग्न पुराना दलका नेताहरूमाथि अनुसन्धान गर्न, सहकारी पीडितको रकम फिर्ता गराउन र भुटानी शरणार्थी, ललितानिासलगायतका अन्य ठूला भष्ट्राचार काण्डका फाइल खोल्न समेत रास्वपा यूकेले माग गरेको छ ।
रास्वपा यूके सभापति पवन शर्माको नेतृत्वमा बुझाईएको सो ज्ञापनपत्र बुझ्दै कार्यवाहक राजदूत दुवाडीले चाँडै सम्बन्धीत निकायसम्म पुर्याइदिने आश्वासन दिनुभयो ।
स्मरण स्मरण रहोस्, रास्वपा युकेले ज्ञापन पत्र बुझाउनको लागी केही दिन अगाडी राजदुतावासमा समय माग्दा समय दिन आनाकानी गरेको थियो । यही बिषयलाई लिएर रास्वपा गुके बिभागले सामाजिक सञ्जाल मार्पmत असन्तुष्टी जाहेर गरे पस्चात भने राजदुतावासले समय उपलब्ध गराएको हो ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्