spot_img

वीरगंजको होटलहरूको वर्गीकरण



वीरगंज, ५ मंसिर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले वीरगंजका होटलहरूको वर्गीकरण तथा लोगो नवीकरण कार्य शुरू गरेको छ ।  खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले वीरगंजका विभिन्न होटलहरूको भान्साको सरसफाइ, खाद्यजन्य पदार्थहरूको भण्डारण गर्ने विधि र कोल्डचेन प्रविधि लगायतको अनुगमन गरी खाद्य स्वच्छता स्तरको आधारमा विभिन्न होटलहरूको स्तर निर्धारण गरी वर्गीकरण शुरू गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर को संयोजन एबम खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग वीरगंजका खाद्य अनुसन्धान अधिकृत सुरेश कुमार सिंहको नेतृत्वमा निस्केको अनुगमन टोलीले वीरगंजको विभिन्न दस वटा होटलहरूको अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा अनुगमन गरिएका सबै होटलहरूको भान्सा, भण्डारण गरिएको खाद्यजन्य वस्तुहरूको  चेकजाँच गर्नुको साथै टेस्टोमिटरद्वारा भान्सामा प्रयोग गरिएका तेलको कोलारिटी समेत जाँच गरिएको खाद्य अनुसन्धान अधिकृत सुरेशकुमार सिंहले बताउनु भयो ।
अनुगमन गरिएका होटलहरूमध्य सरोवर प्रोटिक होटल, होटल दियालो  र भिस्वा होटल गरी तीनवटा होटलहरूलाई खाद्य स्वच्छताको आधारमा अतिउत्तम (तीन तारे) प्रमाणीकरण गरि लोगो वितरण एवं नवीकरण गरिएको अनुगमन टोली संयोजन सदस्य, होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए । पन्तले लोगो वितरणमा कुनै पनि होटलहरूलाई पक्षपात नहुने र त्यसो नगरिने प्रतिबद्धता समेत जनाए । पन्तले वीरगंजका सबै होटलहरूलाई  खाद्य स्वच्छता अभियानमा सरीक भएर उपभोक्तालाई स्वच्छ र हाइजेनिक फूड र परिकारहरू पस्कन अनुरोध समेत गरे ।
अनुगमन टोलीले खाद्य स्वच्छताको आधारमा होटल पुजन, होटल मकालु र अनमोल स्वीटलाइ उत्तममा वर्गीकरण गरेर दुई तारेको लोगो वितरण गरिएको थियो । त्यसैगरि कन्ट्री इनन होटल प्रालि र कैलाश होटल र मेजवान होटललाई एकतारेको लोगो दिइएको थियो भने डिलाइट गो रेस्टुरेन्टलाई सामान्यको  संकेत दिएर केही सुधारको निर्देशन समेत दिइएको थियो । यसै क्रममा अनुगमन  टोलीले होटलका संचालकहरूलाई खाद्य स्वच्छता प्रतिबद्धतापत्रमा सही गराएर  हस्तान्तरण गरेको थियो ।
अनुगमन टोलीमा वाणिज्य कार्यालय वीरगंजका सुनिल चौरसिया, वीरगंज उद्योग वाणिज्य संघका मनोज  कुमार दास, वीरगंज महानगरका प्रतिनिधि  बिभा मिश्रलगायत जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरूको पनि उपस्थिति थियो ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर