spot_img

राष्ट्रिय स्वतन्त्र पार्टी, पर्सा क्षेत्र नं. ४ द्वारा होली मिलन कार्यक्रम



वीरगंज, २८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्सा क्षेत्र  न ४ ले होली मिलन समारोह सम्पन्न गरेको छ ।

आज छिपहरमाई गाउँपालिकाको  तुलसीबर्वामा रास्वपा पर्साको क्षेत्र नं ४ ले आयोजना गरेको होली मिलन कार्यक्रममा सभापतिको आशनबाट बोल्दै क्षेत्रीय सभापति जितेन्द्र मिश्रले स्थानीय पालिकाको बिसंगतिका बिषयमा मन्तव्य राखेका थिए ।
उनले आगामी चुनावमा आफ्नो दाबेदारी मेयरमा हुने हुँदा स्थानीयलाई सहयोगको लागि अपिल गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति हरि पन्तले फागु पर्वको शुभकामना दिदै सद्भावको पर्व भएकोले फागू पर्वले हिमाल, पहाड र तराईलाइ एक सुत्रमा बाँधेको बताए । उनले होलीले आपसी भाइचारा समेत बढाउने गरेको बताए ।
कार्यक्रममा जिल्ला सचिव सुदिस प्रजापति, उपसचिव कृष्ण पासवान, विवेक साह, प्रमोद रायमाझी, उमेश यादव, मनबोध यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर