spot_img

१० लाख मूल्यको मल्टिभिटामिन भन्सार दाखिला



वीरगंज, ३ असार । सशस्त्र प्रहरी बल पर्साले १० लाख १८ हजार मूल्य बराबरको भन्सार छलीको मल्टिभिटामिन टयाबलेट नियन्त्रणमा लिई कारबाहीको लागि वीरगंज भन्सार दाखिला गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सशस्त्र प्रहरी निरीक्षक कपिल राज गिरीको कमाण्डमा खटिएको टोलीले वीरगंज म.न.पा.–१ छपकैयामा भारतबाट अवैध रूपमा भन्सार छलि दुई वटा मोटरसाइकलमा लोड गरी वीरगंज ल्याउँदै गरेको १० लाख १८ हजार मुल्य बराबरको रिभिट्रोल–सिएम मल्टिभिटामिन टयाबलेट १०१८ डिब्बा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर