वीरगंज, १७ असार । मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधाम स्थित मधेश भवन परिसरमा रहेको मधेश प्रदेश प्रहरी गणको मंगलवार अनुगमन गर्नुभएको छ । जनकपुरधाम स्थित निधी भवनमा रहेको प्रहरी गणमा कार्यरत प्रहरी कर्मचारीहरू मधेश भवनन परिसरमा रहेको पुरानो र जोखिमपूर्ण गोदाम सहित भवनहरूको सरसफाइ संगै मर्मत गरि अहिले प्रयोगमा ल्याउँदै गण कार्यालय र प्रहरीको वस्ने व्यवस्थापन मिलाएका छन् । यद्धपी उक्त स्थानमाप्रहरी कर्मचारीहरूलाई सुत्नका लागि समस्या रहेको छ । प्रहरी कर्मचारीहरू बस्ने भवनमा अत्यधिक गर्मी रहेको र पंखाको समेत प्रयाप्त व्यवस्था छैन । खानेपानीको समेत समस्या रहेको प्रहरी अधिकृतहरूले मुख्यमन्त्री सिंहलाई जानकारी गराउनुभएको थियो । जनताको सुरक्षामा अहोरात्र खट्नुहुने प्रहरी कर्मचारीहरूको समस्या समाधान गर्ने तर्पm प्रदेश सरकारले आवश्यक पहल गर्ने मुख्यमन्त्री सिंहले बताउनुभयो । मधेश प्रदेश प्रहरी गणको व्यवस्थापनका लागि प्रदेश सरकारका बिभिन्न मन्त्रालय मार्पmत यथेष्ट सहयोग गर्ने मुख्यमन्त्री सिंहले प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री सिंहलाई गणपति प्रहरी उपरीक्षक नारायण रण्जितकार, प्रहरी निरीक्ष्Fक बेचन यादव सहितका प्रहरी अधिकारीहरूले गणको अवस्थावारे जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्