वीरगंज, २४ भदौ । सरकारले जेनजी आन्दोलनमा १९ जना युवा विद्यार्थीहरूको हत्या गर्दा पनि पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक अन्य राजनीतिक दल मौन रहेका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले हिजै पर्साका प्रमुख जिल्ला अधिकारीलाई भेटी तत्काल सामाजिक सञ्जाल माथिको प्रतिबन्ध हटाउनका निमित्त प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण समेत गराएको थियो ।
मुलुकमा यत्रो नरसंहार मच्चिदा समेत अन्य राजनीतिक दलले मौनता साध्नु गलत भएको राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले बताए । पन्तले अहिले सरकारले मच्चाइरहेको ताण्डव, हत्या र बर्बर दमनका विरूद्ध सबै देशभक्त नेपालीहरू दलगत स्वार्थ भन्दा एक कदम माथी उठेर बिरोध गर्नुपर्ने बताए । सभापति पन्तले सरकार अझै दमनमा उत्रिए रास्वपा सरकारका विरूद्ध प्रतिकारमा उत्रने बताए ।