वीरगंज, २२ असोज । गत भाद्र २३ गतेको जेन-जी आन्दोलन पछी देशको राजनितिक दृष्य फेरिएको छ । आन्दोलनकै बलबाट गठित प्रधानमन्त्री शुशिला कार्की नेतृत्वको नयाँ सरकारको नयाँ काम-कार्वाही सहित दशैंको रौनकता पनि मिस्सियो । यही फरक राजनितिक माहौल सङ्गै जसोतसो दशैंले हाम्रो घर ॲागनबाट बिदा लिएको छ । तर जे.एन.जी आन्दोलनका क्रममा प्रहरीको गोली लागी मृत भएका र घाईते भएर अस्पतलको बेडमा छटपटाई रहेकाहरुलाई भने दशैको रौनकले छुन सकेन । मृत भएकाहरुको परिवारमा शोकको माहौल छॅंदैछ, घाईतेहरुको परिवारमा पनि पिंडा छ । आन्दोलनको कारण हालसम्म ७६ जनाले ज्यान गुमाई सकेका यो अवस्थामा सयौं जना अहिले पनि अस्पतालको बेडमा छटपटाई रहेका छन् । निधारमा टिका र शिरमा जमरा सिउरने चाहनालाई थाती राखेर मुखमा अक्सिजन र हातको नाडिमा क्यानुएला मार्फत स्लाईन लिई रहेका घाईंते र तिनका परिवारको छटपटी बेग्लै छ । उसो त नव गठित सरकारले मृतकहरुको परिवारलाई आर्थिक सहायता र घाईतेहरुको लागी निशुल्क उपचारको घोषणा गरिसकेको छ तर पनि घाईतेहरुको दैनिक गुजारामा भने कठिन परेको छ । ज्याला मजदुरी गरेर चुलो जलाउने अवस्थाका घाईतेहरुले आयस्रोतको अभावका कारण दशैंलाई दशाको रुपमा लिईरहेको यो बखतमा बाग्लुङ्ग स्थाई घर भई काठमाडौ बस्ने एक परिवारले भने बिपन्न ४ घाईते परिवारलाई आर्थिक सहायता गरी दशै मनाएको छ ।
बाग्लुङ्ग स्थाई घर भई काठमाडौ ढुङ्गे अड्डा बस्ने सपना बुढाथोकी केसी को अगुवाईमा आफ्नै परिवारको सदस्यहरु मार्फत स्वेच्छिक आर्थिक सहयोग संकलन गरी टाउकोमा गोली लागेर अन्नपुर्ण न्युरोमा उपचार गराई रहेका दिपेन्द्र बस्नेत, के एम सि मा उपचार गराई रहेका कमल घिमिरे मध्यपुर थिमीमा उपचार गराई रहेका दौलत थापा, र विकास यादवलाई जनही ५० हजारका दरले आर्थिक सहयोग गरेको छ ।
एकै परिवार भित्रका नातागोता र इष्ट्मित्रहरुबाट प्राप्त भएको आर्थिक सहयोगलाई सकलन गरेर घाईतेहरुलाई दशैं खर्च उपलब्ध गराई चाड मनाउन पाएकोमा खुशी ब्यक्त गर्दै अभियानकर्ता सपना बुढाथोकील केसीले आफ्नो यस्पालीको दशैं सार्थक भएको बताईन् । हाम्रो परिवारले फजुल खर्च गरेर दशैं मनाउनु भन्दा सो खर्चलाई कटाएर जेनजी आन्दोलनका घाईंतेहरुलाई सहयोग गर्ने साझा सोच बनायौं र यो सोच अनुसार हाम्रा नातागोताले सक्दो सहयोग गर्नु भयो । सपनाले थपिन् “हामिले जम्मा २ लाख ४५ हजार जम्मा गरेका थियौं त्यो मध्ये ४ जना घाईतेहरुलाई ५० हजारका दरले सहयोग प्रदान गर्यौं भने बाँकी ४५ हजार रकम भने बाग्लुङ्गकै ९ बर्षिय ब्लडक्यान्सर पिडित बालकलाई सयोग गर्यौं ।”
दशैंको मुखैमा आफुले पाएको सहयोगले ठुलो राहत मिलेको बताउँदै घाईते बिकास यादवले भने “ सरकारले उपचार त नि: शुल्क गरिदिएको छ तर मेरो घर चलाउन मुस्किल परेको थियो । यो सहयोगले मलाई ठुलो राहत मिलेको छ ।”