spot_img

तत्कालीन माओवादीका केन्द्रीय सदस्य टेक बहादुर शाक्य रास्वपामा प्रवेश, पर्सा–४ बाट उम्मेद्वारी दिने 



वीरगंज, १७ पुस । तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्य टेक बहादुर शाक्य राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरी पन्तले शाक्यलाई आज आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।

तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य समेत शाक्य विगत केही वर्षदेखि राजनीतिमा निष्क्रिय थिए । उनले पछिल्लो समय मुलुकको समग्र राजनीति नै विकृत रहेकोले आफू निष्क्रिय रहेको र भाद्र २३ र २४ गतेको जेन्जी विद्रोह पश्चात मुलुकमा राजनीतिकले पनि आशा पलाएकोले आफू पुनः राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा प्रवेश गरेको बताए । शाक्यले आगामी निर्वाचनमा पर्सा क्षेत्र नं. ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वारी दिने समेत बताए ।

रास्वपा पर्सा सभापति हरी पन्तको सभापतित्वमा सम्पन्न उक्त पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय सदस्य नन्दन यादव र क्षेत्रीय सभापति जीतेन्द्र मिश्रले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण सुदिस प्रजापतिले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर