spot_img

वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी प्रवेश कार्यक्रम , सयौंले गरे पार्टी प्रवेश



वीरगंज । आज वीरगन्जको रोयल पार्टी प्यालेसमा विभिन्न पार्टी परित्याग गरी सयौं व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । पर्सा क्षेत्र नं. ४ अन्तर्गतका विभिन्न गाउँका नेकपा एमाले, नेपाली कांग्रेस, जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा सुशासन पार्टी परित्याग गरी सयाैं जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका हुन् ।

कार्यक्रममा जसपा नेपालबाट निर्वाचित कालिकामाई गाउँपालिका वडा नं. १ का वडाध्यक्ष लालबाबु चौरसिया, पूर्व गाविस अध्यक्ष नेजामुदिन मियाँ, पूर्व वडाध्यक्ष महादेव चौरसिया, नेपाली कांग्रेसका प्रसाद शिवशंकर चौरसिया, नरेन्द्र राय तिवारी, राजेन्द्र प्रसाद चौरसिया, राजु प्रसाद पटेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका ललन ठाकुर, सुशासन पार्टीका लक्ष्मण महतो लगायतका नेताहरू निःशर्त रास्वपामा प्रवेश गरेका हुन्।

त्यसैगरी कालिकामाई गाउँपालिका वडा नं. २ का नेकपा एमालेका नेता मनमोहन प्रसाद चौरिया, राजेश साह, अकलेश कुशवाहा, बृजमान सहनी, रामकलश सहनी, महेश प्रसाद चौरसिया, श्याम राउत गद्दी, अनिल कुमार चौरियासहित जेनजीका राजनिश चौरसिया, कृष्णा कुशवाहा, बिरेन्द्र प्रसाद साह, विजय कुमार चौरसिया, अविनाश चौरसिया, चन्देश्वर महतो कोइरी लगायतका युवाहरू पनि रास्वपामा प्रवेश गरेका छन्।

यसैगरी कालिकामाई गाउँपालिका वडा नं. ५ बाट नेपाली कांग्रेसका हिरो राउत कुर्मी, छविलाल प्रसाद राउत, राजु प्रसाद पटेल तथा जसपा नेपालका रमेश प्रसाद पटेल, छबिलाल राउत, शम्भु प्रसाद चौहानलगायतको पनि रास्वपामा प्रवेश भएको छ।

नवप्रवेशीहरूलाई रास्वपाका केन्द्रीय सदस्य नन्दन यादव, जिल्ला सभापति हरि पन्त, क्षेत्रीय सभापति जितेन्द्र मिश्र, जिल्ला उपसभापति तुल्सा पौडेल, नेता टेकबहादुर शाक्यलगायतले अबिर र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति हरि पन्तले यस प्रवेश कार्यक्रमले पर्सा क्षेत्र नं. ४ मा रास्वपा थप बलियो बनेको बताए। उनले आगामी फागुनमा हुने निर्वाचनमा रास्वपाका सबै उम्मेदवारलाई विजयी गराउन कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे।

क्षेत्रीय सभापति जितेन्द्र मिश्रले पर्सा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि रास्वपाका उम्मेदवार टेकबहादुर शाक्य रहेको जानकारी दिँदै आगामी निर्वाचनमा भारी बहुमतका साथ जिताउन सबैलाई आह्वान गरे ।

रास्वपा क्षेत्र नं चारका सभापति जीतेन्द्र मिश्रको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण कृष्ण पासवानले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर