वीरगंज, १७ माघ । पर्साका चारसय भन्दा बढी जेन्जी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
आज वीरगंजको रोयल पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा जेन्जी युवा नेता परबेज सेखको नेतृत्वमा कमलेश पटेल, रन्जित साह कल्वार, साहिल सेख, सननी अलि, आनन्द चौहान, अजय पन्डित सेख अल्ताफ, पृयन्जन यादब, सनजीत साह र दनिश सेख लगायतका चारसय भन्दा बढी युबाहरू रास्वपा पार्टी प्रवेश गरेका हुन ।
रास्वपा प्रबेश गर्दै जेन्जी नेता परबेज सेखले राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र मुलुक परिबर्तन गर्न सक्ने हुँदा पर्साका जेन्जी युबाहरू रास्वपा प्रबेश गरेकोले पर्सामा रास्वपालाई जिताउन अब सम्पुर्ण जेन्जी युबा शक्तीहरू लागि पर्ने बताए ।
उनले जेन्जी युबाहरू सुदन गुरूङ, पुरुषोत्तम यादव लगायत मुख्य जेन्जी नेताहरू रास्वपा प्रबेश गरिसकेकोले अब रास्वपाले नै जेन्जी आन्दोलनलाइ सम्बोधन गर्नसक्ने हुनाले आफुहरूको रोजाइमा रास्वपा परेको बताए ।
कार्यक्रमलाइ सम्बोधन गर्दै पर्सा सभापति एवं पर्सा १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हरि पन्तले जेन्जी युवाहरू नै आफ्नो सम्पत्ति भएको र चुनाव लड्न युवा सम्पत्ति पाएकोले ढुक्कसँग आफुले चुनाब जित्ने बताए । सभापति पन्तले युबाहरूलाइ चुनाबमा हुने पैसाको चलखेल कानुन सम्मत तरिकाले रोक्न समेत निर्देशन दिए ।
कार्यक्रम महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्



