वीरगंज, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले क्षेत्र नं. १ का रास्वपाका सक्रिय सदस्यहरूसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा पर्सा क्षेत्र नं. १ लगायत चारवटै क्षेत्रका रास्वपाका उम्मेदवारहरूलाई विजय गराउन कस–कसको कस्तो भूमिका हुनु पर्छ भन्ने बिषयमा गहन छलफल र अन्तरक्रिया भएको हो ।
छलफलमा सबै तह र तप्काबाट भिन्न–भिन्न दृष्टिकोण र सुझावहरूको उठान गरिएको थियो ।
कार्यक्रममा उठेका विषयहरूलाइ सम्बोधन गर्दै पर्सा सभापति एवं क्षेत्र १ का उम्मेदवार हरि पन्तले जायज सुझावहरूलाई पार्टीले सहर्ष ग्रहण गर्ने बताए ।
सभापति पन्तले फाल्गुन २१ गते नेपाली जनताले आफूहरूभित्र वर्षाै देखि जरा गाडेको भ्रष्टाचार, कुशासन अनियमितता, नाताबाद, कृपाबाद विरूद्धको बिद्रोहलाई ब्यालेट मार्फत जबाफ दिने बताए । उनले कार्यक्रममा उल्लेख्य पार्टी सदस्यहरूको उपस्थिति आफ्नो र पार्टीको लागि हिम्मत बनेकोले पर्साका चारै क्षेत्रमा रास्वपाको जित सुनिश्चित भएको समेत बताए ।
सयौं रास्वपा शुभेच्छुकहरूको सहभागीता रहेको उक्त कार्यक्रममा जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापति राम आर्या, फैयाद मियाँ लगायतका नेताहरूको समेत उपस्थिति रहेको थियो ।
सहसचिव कृष्ण पासवानले संचालन गरेका उक्त कार्यक्रम महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भएको थियो ।



