spot_img

राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा–१ का उम्मेदवार हरि पन्तलाई  भन्सार एरियाका स्थानीयहरूद्वारा स्वागत



वीरगंज, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काबाट पर्सा क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तलाई भन्सार एरियाका स्थानीयहरूले स्वागत गरेका छन् ।

आज रास्वपाद्वारा भन्सार एरियामा आयोजित घरदैलो कार्यक्रममा पन्तलाई  त्यहाँका स्थानीयहरूले स्वागत गरेका हुन् ।

पन्तलाई  स्वागत गदै स्थानीय वीरगंज भन्सार एजेन्ट संघका पूर्वअध्यक्ष बिजय साहले अब रास्वपाले मात्र देशमा आमूल परिबर्तन गरेर मुलुक लाई सुशासन र समृद्धिको यात्रा तर्फ उन्मुख गराउन सक्ने भएकोले आफुहरू सबै रास्वपालाइ निस्वार्थ सहयोग गर्न लागि परेको बताए ।

घरदैलो गर्नुअघि आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै  रास्वपा पर्सा सभापति एवं क्षेत्र १ का उम्मेदवार हरि पन्तले अन्य पुराना दलहरूका उम्मेदवारहरू मतदाता समक्ष भोट माग्न आए, उहाँहरूलाई  बिगत ३५ वर्ष देखि के–के गर्नु भयो र अब जिते के गर्नु हुन्छ भनेर प्रश्न गर्न आम मतदाताहरूलाई आग्रह गरेका छन । पन्तले फेरि पनि यिनै पुराना दलहरूलाई भोट दिएर जेन्जी आन्दोलनको उपहास नगर्न समेत अनुरोध गरेका थिए ।

घरदैलोका क्रममा उम्मेदवार  पन्तले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य तथा सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक प्रतिबद्धतावारे पनि जानकारी गराएका थिए ।

घरदैलो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता, स्थानीय युवा, तथा सर्वसाधारणको उल्लेखनीय सहभागीता रहेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनहरूमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागीतामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर