पर्सामा टोलटोलका स्थानीयहरुले स्वस्फूर्त रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरु खोजेर पार्टी प्रबेश गर्न थालेका छन । रास्वपाका बरिस्ठ नेता बालेन साहको बिरगंज रोडसो पछि बिरगंजमा रास्वपाको क्रेज ह्वात्तै बढेर टोलटोलका स्थानीयहरु स्वस्फूर्त रुपमा पार्टी प्रबेश गर्ने बाताबरण बनेको हो ।
यसै क्रममा पर्सा १ अन्तर्गत शुक्रबार राती परवानिपुरमा र शनिबार बिहान भिस्वामा गरि ५०० भन्दा बढी विभिन्न पेसामा जोडिएका पेशाकर्मी , अभियन्ता एबम समाजसेबीहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रबेश गरेका छन ।
परवानिपुरमा शुक्रबार अबेर राती स्थानीय अभियन्ता प्रदिप साहको नेतृत्वमा आयोजित एक कार्यक्रममा र शनिबार बिहन भिस्वामा कृष्ण श्रेष्ठ सन्देश श्रेष्ठ र राजेश श्रेष्ठको नेतृत्वमा आयोजित अर्को कार्यक्रममा गरि करिब पाँच सयभन्दा माथी भिन्न भिन्न क्षेत्रका बिसिष्ट ब्याक्तित्व हरुलाई रास्वपा पर्सा जिल्ला सभापति एबम पर्सा १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरि पन्तले पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै सभापति पन्तले हेलिकप्टरमा झुन्डिएर भागेका पुराना दल र ती दलहरूको उम्मेदवारलाई यस पालिको निर्वाचनमा बहिष्कार गर्न आम मतदाताहरु लाइ आग्रह समेत गरेका थिए ।
त्यसै गरि आजै पर्सा सभापती एबम पर्सा १ का उम्मेदवार पन्तले गहवामा घरदैलो कार्यक्रम गरि आफ्ना मतदाताहरु सङ भेटघाट समेत गरेका थिए । भेटघाट एबम घरदैलोको क्रममा गहवाका स्थानीय हरुले उहाँलाई अपार माया दर्साएर ठाँउ ठाउमा टीका माला र खादाले स्वागत गरेका थिए । घरदैलोमा त्याहाका स्थानीयहरुको ठुलो उपस्थिति थियो ।



