वीरगंज, ९ फागुन । वीरगंज महनगरपालिका–३१ का अधिकांस भद्रभलादमी र बुद्धिजीवीहरूको एक समूहले आउँदो फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपा प्रवेश नगरेर नै घण्टीमा मतदान गर्ने भद्र सहमति गरेका छन् ।
शुक्रवार अबेर राति स्थानीय शिव मन्दिरमा बसेको बुद्धिजीवी तथा भलादमीहरूको सामूहिक बैठकले जो जो–जुन–जुन फरक पार्टीमा रहे पनि यसपटकको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी छापमा मतदान गर्ने भद्रसहमति भएको हो ।
मुलुकमा बिगत पैतिस वर्षदेखि जकडिएर रहेको कुशासन, भ्रष्टाचार, बेथिति र अनिमियतताको समुल अन्त गर्नका निमित्त परिवर्तन जरूरी रहेको र अहिले देश परिवर्तनको संघारमा रहेकोले यो चुनावमा पार्टीभन्दा माथि उठन जरूरी भएकोले आफूहरू रास्वपा प्रवेश नगरिकनै घण्टीमा मतदान गर्न सहमत भएको बताए ।
यससंगै देशभर फैलिँदै गएको परिवर्तनको बहसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनआकर्षण तीव्र बन्दै जाँदा पर्सा क्षेत्र नम्बर १ को चुनावी माहौलमा उल्लेख्य तरंग देखिन थालेको छ। विशेषगरी यसरी बुद्धिजीवी र भलादमीहरूको समूहको मौन साथ र समर्थनले संगठनात्मक उपस्थिति मात्र होइन, जनसमर्थनको आधार पनि फराकिलो बन्दै गएको संकेत दिएको छ।
कार्यक्रममा विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रमा आबद्ध ठूलो समूहले पार्टीगत आबद्धता फरक भए पनि प्रतिबद्धता भने रास्वपामा रहने स्पष्ट गरेको छ ।
स्थानीय स्तरमा प्रभाव राख्ने व्यक्तिहरूको प्रतिबद्धताले आफु उत्साहित भएको रास्वपा पर्सा सभापति एवं पर्सा १ का उम्मेदवार हरि पन्तले बताए । पन्तले फरक बिचार र सिद्धान्त भएका ब्याक्तित्वहरूको साथ र समर्थनको लहरले समग्र क्षेत्रको राजनीतिक समीकरण परिवर्तन गर्ने दाबी गरे। “अब परिवर्तनको आवाज र लहर घरघरमा पुग्नेछ,” उनले भने, “जनताले अब पुरानो शैलीको राजनीति होइन, इमानदार नेतृत्व र जवाफदेही शासन खोजेका छन् ।”


