spot_img

बैंकिङ कसुर मुद्दामा फरार चाँगुनारायण–३ झौखेलका थापा पक्राउ



काठमाडौं । बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा फरार रहेका चाँगुनारायण नगरपालिका–३ झौखेलका ४४ वर्षीय शिवराज थापा पक्राउ परेका छन् । उनलाई आज महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो ।

बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा उच्च अदालत पाटन र जिल्ला अदालतको एक महिना १५ दिन कैद र रु ५८ लाख ९६ हजार पाँच सय जरिवाना फैसला भएका थापालाई प्रहरीले पक्राउ गरी भक्तपुर अदालतमा पेस गरेकामा आजै अदालतले कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँ पठाएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।



Source link

ताजा अपडेट्स

सम्बन्धित खबर