वीरगंज, ८ पुस । वीरगंज जेसिजको आतिथ्यमा वीरगंजमा भइरहेको नेपाल जेसिसको ४९ औ राष्ट्रिय अधिवेशनले गर्दा वीरगंजका होटलहरू भरिभराउ भएका छन ।
पुस ७ देखि ९ गते सम्म चल्ने जेसिसको राष्ट्रिय अधिवेशनले गर्दा आएका जेसिसकर्मीहरूका कारण वीरगंजका होटलहरू जेसिसमय भएका हुन । अधिवेशन शुरू हुनु एक दिन अगावै देखि नै होटलहरू भिड्भाड बढेका कारण यहाँका होटल व्यवसायीहरूलाई भ्याइ नभ्याइ भएको छ । कोभिडका कारण अस्त ब्यस्त भएको होटल तथा पर्यटन क्षेत्र ३–४ दिन लामो हुने यस्ता राष्ट्रिय कार्यक्रमहरूले केहि राहत भएको होटल व्यवसायीहरूले बताए ।





