सर्लाही,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले सर्लाहीमा जनताको हस्ताक्षर अभियान शुरू गरेको छ । बिहीवार ईश्वरपुरमा रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरूद्ध जनताको हस्ताक्षर कार्यक्रम शुरू गरिएको हो । सर्लाहीमा जनताको हस्ताक्षर अभियान बरहथवा बाट असार १० गते देखि शुरू गरिएको थियो । केन्द्रमा भने असार ७ गते बाट नै शुरू गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सर्लाही सभापति सरोज बानियाँले जानकारी दिनुभयो । जनताको हस्ताक्षर अभियानमा सर्लाहीमा ५० हजार व्यक्तिको हस्ताक्षर लिने उद्देश्य रहेको छ। सर्लाहीमा हालसम्ममा २० हजार भन्दा बढी नागरिकको हस्ताक्षर गरिसकेको सभापति बानियाँले जानकारी दिनुभयो । सरकारले गरेको ज्यादती, विकास निर्माण कार्य, न्यालयलाई राजनीति छाया बाट मुक्त गर्ने उद्देश्यका साथ पनि यो अभियान शुरू गरेको सभापति बानियाँले बताउनुभयो । ९० दिने अभियान भए पनि सर्लाहीमा एक महिनामा नै सकिने राष्ट्रिय स्वतन्त्र पार्टीका ईश्वरपुर सभापति सुवर्ण राज घिमिरेले बताउनुभयो । सर्लाहीको बरहथवा, मलंगवा लगायतको ठाउमा यो अभियान सकिसकेको र बाकी रहेको पालिकामा हस्ताक्षर अभियान शुरू गरिएको ईश्वरपुर सभापति घिमिरेले जानकारी दिनुभयो ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्