वीरगंज, ११ पुस । आगामी निर्वाचनमा पुराना दलहरू फेरि पनि भोट माग्न आए उनीहरूलाई प्रश्न गर्न आम जनतामा राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरी पन्तले आग्रह गरेका छन् ।
वीरगंज महानगर वडा नं ४ र ५ को प्रथम भेलालाई सम्बोधन गर्दै पन्तले विगत पैंतीस वर्षदेखि पटक–पटक शासन सत्ताको केन्द्रमा रहेका पुराना दलहरूले अब जनता समक्ष मत माग्ने नैतिक अधिकार समेत गुमाई सकेको बताए ।
उक्त भेलाले राष्ट्रीय स्वतन्त्र पार्टीको वीरगंज महानगरको वडा नं ४ र ५ मा संगठन समेत विस्तार गरेको छ । भेलाले वडा नं ४ मा सञ्चारकर्मी मुकेश सिंहको सभापतित्वमा ११ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटीको उपसभापतिमा संगीता जोशी, सचिवमा पुकार थापा र सदस्यहरूमा शेख सहजाद, कृष्टा थापा सुनिल दर्लामी, विजय चौहान, रोजन जोशी, प्रितम श्रेष्ठ, शंकर थापा र सरू जोशी रहेका छन् ।
त्यसैगरी वडा नं ५ मा इमरान शेखको सभापतित्वमा ११ सदस्यीय कमिटी गठन गरिएको छ ।
कमिटिको उपसभापतिमा अरूण मानन्धर, सचिवमा सकील अहमद र सदस्यहरूमा अमित जोशी, जमिर अख्तर, सुनिल सरार्फ, सरस्वती गुरूङ, जावेद अख्तर, शनि मानन्धर, सजाद अहमद र ओमी गुरूङ रहेका छन् ।
रास्वपा महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न उक्त भेलाको सहजीकरण मधेस प्रदेश संगठन विभाग उपप्रमुख प्रमोद गरेका थिए ।
महानगर उपसभापति परितोश द्विवेदीले स्वागत मन्तव्य राखेका भेलामा क्षेत्रीय सभापतिहरू राम आर्य, फैयाद मियाँ, महानगर सचिव गौतम श्रेष्ठ, नेता परवेज अख्तर,नितु खड्गी, सुदिश प्रजापति, मुन्ना साहलगायतले मन्तब्य राखेका थिए ।



प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्



