spot_img

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद



काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी (एस) मा गम्भीर मतभेद उत्पन्न भएको छ । यसअघि हाल सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने पार्टीले निर्णय गरेपछि त्यसले पार्टीभित्र खैलाबैला नै मच्चाएको छ ।

गत जेठ २२ गते सरकारमा रहेका आफ्ना ४ मन्त्रीलाई फिर्ता बोलाउने नेकपा एसको सचिवालय बैठकको निर्णयले पार्टीभित्रै मतभेद चुलिँदै आएको देखिन्छ । मन्त्री हेरफेर गर्ने निर्णयविरुद्ध मन्त्रीसहितका १० सांसदहरुले हस्ताक्षर नै गरेर पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

स्वास्थ्य मन्त्री समेत रहेका सांसद विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री सहितका १० सांसदहरुले पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । जसमा श्रममन्त्री किसान श्रेष्ठ तथा सांसदहरु कृष्णलाल महर्जन, निरुदेवी जैरु, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थ, बीनादेवी बुढाथोकी, गोपालबहादुर बमले हस्ताक्षर गरेका छन् । उनीहरु मन्त्री हेरफेरको विपक्षमा रहेका छन् ।

यद्यपि हाल प्रतिनिधि सभामा नेकपा एसका २३ जना सांसद रहेकोमा अन्य केही सांसदहरु भने मन्त्रीको भागबण्डा खान मन्त्री हेरफेरका लागि दबाव दिइरहेका छन् । यस मतभेदले पार्टीभित्र विभाजन ल्याउन सक्ने चिन्ता समेत नेतृत्वलाई थपिएको छ ।



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर