आजकल कुनै पनि सभा गोष्ठी लगायत अन्य कार्यक्रमहरुमा अतिथिहरुको स्वागतका निमित्त खादा,माला,अबिरको प्रयोग गर्ने ब्याकप प्रचलन रहेको छ । कार्यक्रममा सहभागीहरुको संख्या भन्दा पनि मन्चमा प्रमुख अतिथी लगायत अतिथिहरुको लावालस्कर राखेर रङ्गिचङ्गी ब्याचको प्रयोग गर्ने र मन्तब्यको नाममा लामो भाषण गरेर कार्यक्रमलाई लम्ब्याउने चलनले कुनैपनी सर्वजनिक कार्यक्रमहरुलाई पट्यारलाग्दो बनाउने गरेकोछ । तर राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित प्रवास नेपाली सम्पर्क विभागले हिजो बेलायतको लण्डनमा आयोजना गरेको कार्यक्रममा भने फरक द्रुश्य देखियो ।
बेलायतमा रहेका रास्वपा समर्थित नेपालीहरुको भब्य उपस्थितिमा आयोजना गरिएको प्रवास नेपाली सम्पर्क बिभागको औपचारिक घोषणा कार्यक्रममा न त कोही प्रमुख अतिथिनै थिए न त अतिथिको लावा लस्करनै । ब्याच,खादा माला लगायत कार्यक्रमको फ्लेक्स ब्यानर समेत नराखिएको सो कार्यक्रममा अतिथिहरुको लागि मन्च र बिशेष कुर्सिको पनि ब्यवस्था गरिएको थिएन । कार्यक्रम उद्घोषणको जिम्मेवारी निर्वाह गरिरहेका यज्ञराज कार्कीले कार्यक्रमको सुरुवातमै आजको कार्यक्रमा प्रमुख अतिथी तथा अतिथिहरुको रुपमा कसैलाई बिशेष निमन्त्रणा नदिईएको र आफ्नो कार्यक्रमा सहभागीहरु सबैजना प्रमुख अतिथिको भएकोले सबैलाई यथास्थानमा आशन ग्रहण गर्न आग्रह गरेका थिए । बिशेष कुर्सी सहितको मन्च बनाएर आशन ग्रहणको तयारी नगरिएकोले खादा,माला र ब्याच जस्ता अनावश्यक साजसज्जालाई बिस्तापित गर्न खोजिएको बताउँदै कार्कीले भनिरहेका थिए “तपाईंहरु जो जो जुन कुर्सिमा बसिरहनु भएको छ ती सबै कुर्सिहरु हाम्रा लागि बिशिष्ट छन् र तपाईंहरु सबै हाम्रा लागि महत्वपूर्ण हुनुहुन्छ त्यसैले यथास्थानमै आशन ग्रहण गरिदिनु होला ।” उनले यसो भनी रहँदा कार्यक्रम स्थलमा तालिको गडगडाहट सुनिएको थियो । उनले फेरी भने “हामीसंग तपाईंहरुको कोटमा उनिदिने ब्याच छैन न त गलामा लगाईदिने खादा र मालानै छ , त्यसैले हाम्रो मिठो शब्दहरु मार्फतनै तपाईंइहरुलाई स्वागत र् सम्मान ब्यक्त चाहन्छौं ।”
रास्वमा समर्थित नेपालीहरुको भब्य सहभागीतामा गठित प्रवास नेपाली सम्पर्क बिभागको औपचारिक रुपमा घोषणा गरी १७ सदस्सिय कार्य समितिले सपथ ग्रहण गर्ने उद्देश्य बमोजिम आयोजित सो कार्यक्रमको अर्को रोचक पक्ष भने सपथ ग्रहणकै दृश्य थियो । पुर्व निर्धारित योजना बमोजिम पार्टी सभापति रबी लामिछानेले जुम मार्फत कार्यक्रमलाई सम्बोधन गरी सपथ ग्रहण गराउने भन्ने थियो तर प्राविधिक गडबढिको कारणले गर्दा सभापतिलाई जुम मार्फत जोड्न सकिएको थिएन । संसदिय दलको बैंठकमा ब्यस्त सभापती रबी लामिछाने लगायत उपसभापती डिपी अर्याल र सांसद स्वर्णिम वाग्लेले बैठककै बिचमा भर्चुअल रुपमा जोडीन खोजेका थिए तर आयोजक टिमले धेरै कसरत गर्दा पनि प्राविधिक समस्या निम्तिनै रह्यो । यही अवस्थाका बाबजुद आयोजकले पार्टिका अपसभापति डिपी अर्याललाई भर्चुल रुपमा जोड्न सफल भयो । उपसभापती अर्यालले सम्बोधनको क्रममा नव गठित युकेको टोलीलाइ बधाई दिंदै सबै दल संस्था र ब्यक्तिहरुसंग समभाव राखी सहकार्य र समन्वयको माध्यमद्वारा पार्टिको प्रतिष्ठा र इज्जतलाई उकास्न सहयोग गर्न आग्रह गरे । उनको सम्बोधन पस्चात् सभापति लामिछाने र सांसद वाग्लेलाई भर्चुअल रुपमा जोड्न खोजियो तर पुनः प्राविधिक समस्या देखियो । यही समस्याका बाबजुद सभापति लानिछानेले मोबाईल म्यासेज मार्फत नव गठित युकेको टोलीलाई बधाई तथा शुभकामनाको सन्देश सहित आफु संसदिय दलको बैठकमा जानु परेकोले कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेको सन्देश आयो । तब आयोजक टिमले सपथ ग्रहणको लागि अर्को जुक्ती लगायो । कार्यक्रमा कुनै ढिला सुस्ती नगरि सहभागी मध्ये सबै भन्दा जेष्ठ नागरिक बुद्धि राना मार्फत कार्य समितीले पद तथा गोपनियताको सपथ लिने तत्कालिन निधो गर्यो र सोही अनुरुप सबैले सपथ ग्रहण गरे । यसरी कार्यक्रमकै सहभागी जेष्ठ नागरिक मार्फत सपथ ग्रहण चलिरहँदा सभाहलमा तालिको आवाज बेजोडका साथ गुन्जिरहेको थियो ।
रास्वपा युके बिभागले गरेको यो कार्यक्रम को द्रुष्य सबैले चाख मानी हेरिरहेका थिए । कार्यक्रम संचालन बिधिको बारेमा सहभागीहरुले खुलेर प्रशंसा गरिरहेको सुनिन्थ्यो । कार्यक्रमामा सहभागी एक सदस्य अर्को सदस्यसंग भन्दै थिए “वाह ! कार्यक्रम होस् त् यस्तो ।”
कार्यक्रमका बिच केही ब्यक्तिहरुलाई शुभकामना र सुझाव दिन आग्रह गरिएको थियो र सो क्रममा पुर्व गोर्खा लेफ्टिनेण्ट चन्द्र गुरुङ्गले आयोजक टिमले फरक तरिकाले कार्यक्रम संचालनको थालनी गरेकोमा धन्यवाद दिंदै नव गठित बिभागको टोलीलाइ आफुले सकेको सहयोग र सहकार्य गर्ने प्रतिवद्दता जाहेर गरे । त्यस्तै साहित्यकार तथा लेखक नारायण गाउँलेले खादा,माला र भाषण मुक्त कार्यक्रम भनिएता पनि अझै त्यस्को केही अवसेषहरु बाँकीनै रहेकोले त्यस्ता त्रृटिहरुलाई सँच्याउनु पर्ने तर्फ ध्यान दिन आग्रह गरेका थिए ।
कार्यक्रममा शुभकामना तथा सल्लाह सुझाव दिने ब्यक्तिहरुलाई कुनै औपचारिक सम्बोधन बिना २ मिनेट भित्र आफ्नो राय राख्न समय तोकीएको थियो । यसरी समय तोकिंदा पनि धेरै जना वक्ताहरुले समयको ख्याल भने नगरेको देखिन्थ्यो । तोकिएको समयमा आफ्नो सम्बोधन नसक्काउने र लामो भाषाण गरेपछी अन्तिममा “मेरो छोटो मन्तब्य यही टुङ्ग्याउँछु” भन्ने प्रचलन त्यहाँ पनि देखिएको थियो ।
“हामी भाषणको नाममा माईक समात्ने बित्तिकै बिषय बस्तुभन्दा बाहिर गएर निबन्ध फलाक्छौं, यो त वक्ताहरु आफैंले मनन गर्नु पर्ने हो” कार्यक्रममा सहभागी गैर्ह आवासिय नेपाली संघ आई सि सी का प्रवक्ता सोम सापकोटाले आफुसंगै बसिरहेका अर्का सहभागीसंग गुनासो पोखिरहेका थिए ।
“हामी हरेक कार्यक्रमलाई मितब्ययी बनाउनु पर्छ भन्ने सोचमा छौं ।” नवगठित प्रवास नेपाली सम्पर्क बिभागका सभापति पवन शर्माले भने “त्यसैले हामीले खादा,माला, अब, ब्याच, र बिशेष कुर्सी समेतको अनावश्यक साजसज्जालाई महत्व दिएनौं । ” उनले थपे “हामीले आफ्नो कार्यक्रमको ब्यानर समेत डिजिटल बनायौं । यस्ले गर्दा पैसा, श्रम र समयको पनि बचत भएको छ ।”
रास्वपा युके बिभागले बिल्कुलै नयाँ ढङ्गबाट सुरुवात गरेको यस कार्यक्रमका बिच आफ्ना राजनैतिक गतिबिधिहरुलाई पनि नयाँ ढङ्गले सुरुवात गर्ने गरी कार्य योजना सार्वजनिक गरेकोछ । बिभागका सदस्य राजु सापकोटाले आफ्नो संस्थागत कार्य योजना बारे प्रष्ट पार्दै भने “हामी राजनीतिलाई सेवामुखी बनाउनु पर्छ भन्ने मन्यता बोकेका टिम हौ त्यसैले हाम्रो यो टिम कुनै एउटा पार्टिको बिधी र बिधान अन्तर्गत संचालन हुने भएता पनि हामी सामाजिक कार्यलाई बढी फोकस गर्छौ ।” उनले थपे “ हाम्रो बिभाग ले सदस्यता शुल्क मार्फत उठेको रकमबाट नेपालका विकट गाउँहरुमा बिकासको अभियान र योजनाहरु संचालन गर्ने निती लिएको छ । ”
राजनैतीक दलसंग सम्वद्द संस्थाले आफ्ना नेताहरुको चाकडी र गुणगानकै गतिबिधीमा आफुलाई केन्द्रित गर्नु पर्छ भन्ने मानसिकताबाट टाढा रहनु पर्ने बताउँदै बिभागका उपसभापती कोश्लेस्वर ढकालले भने “ हामी अन्य राजनैतीक संगठन भन्दा पृथक भएर आफु सम्बद्द रास्वपाका नेतृत्वकर्ताहरुलाई खबरदारी गर्ने र जनताको पक्षमा काम गर्न प्रेरित गर्ने पहरेदारको रुपमा प्रस्तुत हुनेछौं ।”
नयाँ जोश र नयाँ तरिकाका साथ अगाडि बढेको राष्ट्रिय स्वतन्त्र पार्टी सम्वद्द प्रवास नेपाली सम्पर्क बिभाग(युके) ले झैं अन्य संगठनले पनि खादा,माला,ब्याच, ब्यानर, आसन र भाषण रहित कार्यक्रम गर्न कोसिष गर्ने कि ?