spot_img

मुगु : आमाको मृत्युपछि पाँच जना छोरा–छोरीको विचल्ली



  • दान बहादुर बुढा,

मुगु । जिल्लाको छायानाथ रारा नगरपालिका–११ रोवा गाउँका पाँच जना बालबालिकाहरु बेसहारा भएका छन् । गत पुस १५ गते उपचारका क्रममा जिल्ला अस्पताल मुगुमा आमा काली दमाईको २८ वर्षको उमेरमै मृत्यु भएपछि उनकी पाँच जना छोराछोरीहरुको विचल्ली भएको हो ।

श्रीमतीको मृत्युपछि ४० वर्षीय श्रीमान जसरखर दमाईले दोस्रो विवाह गरेर भारत भासिएपछि उनीहरुको झन विचल्ली भएको हो । बेसहारा बनेका १३ वर्षीय विसाल, ९ वर्षीया अस्मिता, ६ वर्षीय नरेश, ४ वर्षीया पार्वती र १८ महिनाका श्रीखण्डलाई हजुरबुबाले जेनतेन स्याहारसुसार गर्दै आएका छन् ।

हजुरबुबाले गाउँमा मागेर ल्याएको चामल र पीठोले जसोतसो उनीहरु बाँचिरहेका छन् । कहिलेकाँकी भोकै पनि सुत्ने गरेका छन् । श्रीमतीको मृत्युपछि जसरखरले दोस्रो विवाह गरेर छोराछोरीलाई छाडेर भारत पलायन भएका हजुरबुबा हरियो दमाई बताउँछन ।

घरमा कमाउने कोही नभएका कारण उनीहरूलाई विहान–बेलुकीको छाक टार्नसमेत मुस्किल परेको छ । हजुरबुबा हरियो दमका रोगी छन् । उनी टाढा–टाढासम्म हिडडुल गर्न सक्दैनन् । स–साना बालबच्चाको पेट कसरी भर्ने भन्ने चिन्ताले हजुरबुबा हरियो दमाईलाई सताइरहन्छ ।

विद्यालयमा पढ्नका लागि अति आवश्यक पाठ्यपुस्तक र कापी–कलमसमेत नहुँदा उनीहरू स्कूल जानबाट पनि बञ्चित बनेका फुपू जौमती नेपालीले बताइन् । तीन लाख ऋण गरेर उपचार गर्न काठमाडौं पु¥याएपनि बुहारी गुमाउनु परेको उनले पीडा सुनाइन् ।

दमाईको सम्पत्तिको नाममा दुई हलको पाखोबारी छ । घरमा काम गर्ने मान्छे कोही नभएपछि त्यो पाखोपनि बाँझिएको छ ।



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर