spot_img

नेपालमै पहिलो अत्याधुनिक पेन फ्याक्ट्री खुल्यो



वीरगंज, २ पुस । वीरगंजमा देशकै पहिलो अत्याधुनिक प्रबिधिबाट डट्पेन, इरेजर र शार्पनर उत्पादन हुने भएको छ । ४० करोडको लगानीमा बिणासति पेपर एन्ड स्टेशनरी उद्योगले स्टेशनरी सामानहरूको उत्पादन थालेको हो ।


रु ५ देखि ५० रुपैयाँसम्म पर्ने डटपेनहरु बजारमा उपलब्ध हुने कम्पनीका निर्देशक मनोज कुमार मरोदियाले बताउनु भयो । माघ १ गतेसम्म देशैभरका स्टेसनरी पसलहरूबाट बिक्री प्रारम्भ हुनेछ उनले बताए । उनले भने, हाम्रो उत्पादन एकदम गुणस्तरीय भएकोले एक पटक उपभोक्ताको हातमा पुगेपछि सधै दोहोरिनेमा हामी बिस्वस्त छौ । उनले अगाडि भने हामीले सबै सामान नेपालमै उत्पादन गर्ने भएकोले मूल्य पनि एकदम कम राखेका छौ । नेपालमा १–२ ओटा पुराना डटपेन कारखाना रहे पनि प्रायः सबैले विदेशबाट कच्चा पदार्थ आयात गरेर नेपालमा एसेम्ब्लिङ मात्र गर्ने भएकोले महङ्गोमा डटपेन बेचिरहेको उनले बताए । नेपालमा सहुलियत दरमा कलमको अभाव सधैं हुने गरेको छ ।
कम्पनीले २ वर्ष भित्र नेपालमा डटपेनको कुल बजारको ४० प्रतिशत हिस्सा ओगट्ने लक्ष्य राखेको छ । कुल उत्पादन बार्षिक ३० करोड पिस हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर