More

    वामदेवको खुलासा – ‘पार्टी एकता जोगाउन प्रचण्डलाई भेटेर ओलीले प्रधानमन्त्री छोड्छु भनेका थिए’

    Must Read

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले तत्कालीन नेकपा हुँदा केपी ओली चाहेको मान्छेलाई प्रधानमन्त्री बनाएर आफू पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।

    पार्टीमा चरम विवाद भइरहँदा तत्कालीन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले आफूमाथि लगाइएको संगित आरोपहरु फिर्ता लिनुपर्ने र आफू प्रधानमन्त्री छोडेर आफूले रोजेको व्यक्तिलाई प्रधानमन्त्री बनाउनु पर्ने बताएको खुलेको हो ।

    शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त समयको ओली–प्रचण्डको वार्ता खुलासा गरेका हुन् ।

    ‘उहाँहरुबीच भइरहेको बैठकमा म पनि पुगेको थिएँ । खुमलटारमा अध्यक्ष ओलीले म पार्टी एकता जोगाउन आएको छु । यसका लागि जे पनि गर्न तयार छु । म एउटा पद छाड्न तयार छु । तर मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन तयार छु । जो व्यक्ति हो उहाँलाई जिताएर राष्ट्रिय सभामा लैजाऔँ र उहाँलाई प्रधानमन्त्रीको उम्मेदवार बनाऔँ’, उनले भने ।

    सो समय ओलीले आजै सचिवालय बैठक बोलाएर पत्रकार सम्मेलन गरि उक्त विषयको जानकारी गराउन प्रस्ताव गरेको बताएका थिए । त ओलीले आफूमाथि लगाइएको आरोप पत्र फिर्ता लिनुपर्छ भन्ने शर्त राखेका थिए ।

    ओलीको प्रस्तावमा अध्यक्ष प्रचण्डले ओके नभनेका कारण पार्टी विभाजन हुन पुगेको गौतमले खुलासा गरेका हुन् ।

    प्रचण्डले ओलीमाथि लगाएको आरोप फिर्ता गरेकाे भए पार्टी एकता जोगिने उनको भनाइ थियो ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This