spot_img

बेलायत भ्रमणमा जाँदै रबि लामिछाने



 

रास्वपा समर्थित बेलायत निवासी नेपालीहरुको साझा संजाल ‘प्रवास नेपाली सम्पर्क बिभाग (युके)’को निमन्त्रणामा पार्टिका सभापती रबि लामिछानेले डिसेम्बर १० देखि १४ सम्म बेलायत भ्रमण गर्ने भएका छन् । युके बिभागका सभापती पवन शर्माले सो भ्रमणको बारेमा पुष्टि गर्दै उक्त चारदिने भ्रमणका क्रममा बिभागद्वारा आयोजना गरिने विभिन्न कार्यक्रममा शभापती रबि लामिछानेको सहभागीता रहने बताउनु भयो ।

बेलायतमा रहेका नेपालीहरुको समस्या,जिज्ञासा,चाहना र गुनासाहरुलाई सम्बोधन गर्ने योजना बमोजिम बेलायतको साउथ वेष्ट, स्विण्डन , मिडल्याण्ड र अल्डरशट लगायतका स्थानहरुमा अन्तर्कृयात्मक कार्यक्रमहरु आयोजना हुने र भ्रमणकै क्रममा केही उच्च राजनैतिक ब्यक्तित्वहरुसङ्ग भेटघाट र छलफल समेत गर्ने योजना रहेको जानकारी दिनु भयो ।

शर्माका अनुसार शभापती लामिछाने मलेसिया र कतारको कार्यक्रममा सहभागी भए पस्चात् कतारबाटै बेलायत आउन लागेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर