More

    साकेला गाउँपालिकाले ‘आकस्मिक एयर एम्बूलेन्स’ सञ्चालनमा ल्याउने

    Must Read

    खोटाङ । खोटाङको साकेला गाउँपालिकाले गम्भीर प्रकृतिका विरामीलाई तत्काल अस्पताल पु¥याउने उदेश्यका लागि आकस्मिक एयर एम्बूलेन्स सेवा सञ्चालन गर्ने भएको छ । शुक्रबार सम्पन्न १२औं गाउँसभामा गाउँपालिका अध्यक्ष रविप्रकाश राईले आर्थिक वर्ष २०७९÷८० देखि आकस्मिक दुर्घटना, सुत्केरी व्यथा तथा अन्य गम्भीर प्रकृतिका विरामीलाई तत्काल सुविधा सम्पन्न अस्पताल र्पुयाएर बचाउनका लागि एयर एम्बूलेन्स सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

    एयर एम्बूलेन्स सेवा सञ्चालनका लागि छुट्टै आकस्मिक एयर एम्बूलेन्स कोष स्थापना गर्ने र सेवा प्रवाहका लागि मापदण्ड तयार गरिने गाउँपालिका अध्यक्ष राईले बताए । उनले भने, ‘आकस्मिक दुर्घटना, सुत्केरी व्याथा तथा अन्य गम्भीर प्रकृतिका विरामीका कारण तुरुन्त उपचार नपाएमा ज्यान जानसक्ने भएकाले पालिकाभित्रका नागरिकलाई सुविधा सम्पन्न अस्पताल पु¥याउनका लागि आकस्मिक एयर एम्बूलेन्स सेवा सञ्चालनमा ल्याइने छ ।’

    उनले थपे, ‘यसका लागि छुट्टै आकस्मिक एयर एम्बूलेन्स कोष स्थापना गरिनेछ । सेवा प्रवाहका लागि मापदण्ड तयार गरिने छ ।’ यसका साथै गाउँपालिकाले आपतविपदमा परेका पालिकाबासीको सहयोग तथा उद्धारका लागि २४ घण्टा सेवा उपलव्ध गराउन ‘जिरो आवर सर्भिस’को नीति अलवम्बन गर्ने निर्णय पनि गरेको छ ।

    गाउपालिकाले खिदिमाको तावा भञ्ज्याङ आसपासमा नेपालकै नमुना साँस्कृतिक भिलेजको स्थापना तथा सञ्चालन गर्ने भएको छ । बसाइसराई दर कम गर्नका लागि शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, सञ्चार, विजुली आदिको उचित प्रवन्ध गर्ने, खाने तेलमा आत्मनिर्भर बनाउनका लागि तोरी, फिलुंगे तथा रायोको उत्पादनमा विशेष जोड दिइने कार्यक्रममा उल्लेख गरिएको छ ।

    त्यस्तै पालिकाले रैथाने जातका पशुपन्छी, कृषिलगायत फलफूलको खोज गरी संरक्षण तथा विकास गर्ने, एक गाउँ एक टोल एक कृषि उत्पादन नीति अवलम्वन गर्नेलगायतका नीति तथा कार्यक्रम ल्याएको छ ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This