मुलुकको हरेक खबर

वामदेवको पार्टीमा श्रीमती र छोरा पनि केन्द्रीय सदस्य (सूचीसहित)

@mulukdarpan
२०७९ असार १४, मंगलवार ०७:५९

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दैछन् । वामदेव गौतम नेतृत्वको नेकपा एकता केन्द्रीय समन्वय समितिमा ६८ जना केन्द्रीय समिति सदस्य हुने छन् ।

गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरेका छन् । राष्ट्रिय सभाका सांसद रहेका गौतम कम्युनिष्ट दलहरूलाई निर्वाचन आयोगमा दर्ता गर्ने प्रक्रियामा छन् । वामदेवको नयाँ पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान हुनेछ ।

उक्त पार्टीमा गौतमपत्नी तुल्सी (तुलसा) थापा र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य रहेका छन् । केन्द्रीय समिति सदस्यको सूचीअनुसार प्रतिनिधिसभा सदस्य समेत रहेकी थापालाई केन्द्रीय कमिटी सदस्यको दोस्रो नम्बरमा राखिएको छ । यस्तै गौतमका छोराको नाम केन्द्रीय कमिटी सदस्यको पाचौँ नम्बरमा छ ।

केन्द्रीय समितिमा रहेका अन्यमा गौतमसहित तोफा यादव, ज्ञानुमाया रिजाल, दिपक कुमार टमाटा, कमल बस्नेत, रवि खाँ, मो। शेरवागवान, उदयराज अधिकारी, इमानसिंह भारती, युवराज पौडेल, महेन्द्र अर्याल, डिल्ली भट्टराई, रामप्रकाश अधिकारी, नवराज ढुंगाना, ओम चालिसे, डिबी कार्की, डा कुमार आचार्य, भगवती विष्ट, डा प्रकाश मान श्रेष्ठ, दीपेश न्यौपाने, हरिबन्दु गुम्ता, शम्भु पाण्डे, देवी ओझा, गोपी गिरी, दुर्गा भण्डारी, धनञ्जय खनाल रहेका छन् ।

यस्तै डा रमेश खरेल, पविता लिम्बु, युवराज सफल, द्वारिका निरौला, तेजबहादुर कार्की, भगवती ढकाल, विष्णुराज अर्याल, कृष्णगोपाल बञ्जारा, गुणबहादुर बञ्जारा, सुरेशरत्न बज्राचार्य, मीननाथ देवकोटा, सरस्वती न्यौपाने, सरस्वती अधिकारी, निलकण्ठ पौडेल, नवीन ढकाल, रामचन्द्र भण्डारी, प्रमोद उपाध्याय, रामकृष्ण चौलागाईँ, उर्मिला श्रेष्ठ, रामबहादुर भण्डारी, राजकुमार हुमागाईं, राधेश्याम गुप्ता, कुन्ती पाठक, मञ्जु गुरुङ, हरि काफ्ले, लोकनाथ धमला, लोम्साङ शेर्पा, गीता थापा, डोलराज अर्याल, रवीन्द्र बम, सञ्जय अधिकारी, नीमकान्त पाण्डे, रामकुमारी महर्जन, डोलराज अर्याल, प्रवेश महत क्षेत्री, डा केशवराज खड्का, ज्योती गिरी, अप्सरा उप्रेती, मेनका कार्की, शोभा पाठकलगायत पनि केन्द्रीय समितिमा रहेका छन् ।

राष्ट्रिय सभाका सांसद रहेका गौतम नेपालका वामपन्थी दलहरूको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए।



Source link

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?