सुर्खेत । नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कूटर बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी मोटर्स नेपालले सुर्खेतमा नयाँ शोरुम उद्घाटन गरेको छ । आज एक कार्यक्रमका बीच वीरेन्द्रनगर नगरपालिकाका उपमेयर निलकण्ठ खनाल र मिस इन्टरनेसनल २०१७ नीति शाहले संयुक्त रुपमा शोरुम उद्घाटन गरे ।
लेभ्निङ इलेक्ट्रिक स्कुटरको सुर्खेतको लागि आधिकारिक विक्रेताको रुपमा श्री गणेश इन्टरनेसनल अटोमोबाइल घोषणा भएको छ । सुर्खेतको वडा नम्बर ६ जुम्ला रोडमा रहेको लेभ्निङ शोरुमबाट अब लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिने छ ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै उपमेयर खनालले दिनदिनै पेट्रोलको भाउ बढिरहेको अवस्थामा विद्युतीय स्कुटरले सुर्खेतवासीलाई धेरै सहयोग पुग्ने बताए । वार्षिक रुपमा पेट्रोलियम बाइक वा स्कुटरमा सर्भिसिङ र अन्य खर्चको रुपमा लाग्ने करिव ९५ हजार रुपैयाँ बचत हुने र प्रदूषण समेत नगर्ने भएकाले विद्युतीय स्कुटर राम्रो मानिने र यसकारण सुर्खेतलाई इलेक्ट्रिक भेहिकल शहर भनेर घोषणा गरेको उनले बताए ।
कार्यक्रममा विशेष अतिथिको रुपमा मन्तव्य राख्दै नीति शाहले नेपालमा भएका इलेक्ट्रिक स्कुटर मध्ये सबै भन्दा विश्वासिलो र भरपर्दो साथै सबै प्रोडक्ट रेन्ज भएको जर्मन कम्पनीको टेक्नोलोजी भएको स्कुटर भएकोले ढुक्क भएर लेभ्निङका इलेक्ट्रिक स्कुटर प्रयोग गर्न आग्रह गरिन् ।
पेट्रोलको महंगीको बेला इलेक्ट्रिक कम खर्चिलो हुनुका साथै नेपालको बिजुली नेपालमै प्रयोग हुने र पेट्रोल किन्नु नपर्ने हुँदा नेपाली पैसा बाहिरिनबाट समेत यसले बचाउने उनले बताइन् ।
कार्यक्रममा बोल्दै प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्शुराम चौधरीले कम स्पिडका कारण इलेक्ट्रिक स्कुटरबाट दुर्घटना कम हुने र वातावरण प्रदूषण नहुने हुनाले सबैले यसको सजिलै प्रयोग गर्न सक्ने कुरा बताए ।
बज्र ग्रुपका एजीएम नवराज कोइरालाले बोस कम्पनीको मोटर, सामसुङको लिथियम आयोन ब्याट्री आदि प्रयोग गरिएको विश्व प्रसिद्ध कम्पनीको उत्पादन भएकाले लेभ्निङका इलेक्ट्रिक स्कुटर ग्राहकका लागि उपयुक्त हुने बताए । उनले स्कूटर किन्नेका लागि फाइनान्स, एक्सचेन्ज आदिको सुविधा समेत उपलब्ध भएकाले सहज हुने बताए ।
कार्यक्रमका सभापति श्री गणेश इन्टरनेशनलका संचालक प्रेमकुमार विसीले सुर्खेत अब इलेक्ट्रिक भेइकल सहर घोषणा भएको अवस्थामा लेभ्निङ ब्रान्डमार्फत सेवा प्रदान गर्ने दिन आग्रह गरे । उनले ग्राहकलाई २४सैं घण्टा सेवा उपलब्ध गराउने र आवश्यकता अनुसार सबै सेवा उपलब्ध गराउने बताए ।
नेपाली व्यावसायिक घरानाको रुपमा ३० वर्ष देखि परिचित बज्र ग्रुपले विभिन्न विश्व प्रसिद्ध ब्रान्ड नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ । हाल बज्र ग्रुप अन्तर्गतको ईभी मोटर्स नेपालले लेभ्निङ इलेक्ट्रिक स्कुटर भर्खर कलेज पढ्दै गरेका विद्यार्थी देखि युवाका साथै महिला पुरुष सबैलाई हुने र फुड डेलिभरी गर्न मिल्ने, अशक्तले चलाउन मिल्ने स्कुटर बजारमा उपलब्ध गराउदै आइरहेको छ ।
हाल नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कूटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।
सुर्खेतमा नयाँ शोरुम खुलेसँगै अब नेपालभर २४ वटा लेभ्निङ ब्रान्डको आधिकारिक बिक्रेताले बिक्री–वितरण गरिरहेका छन् ।