spot_img

संघीयतालाई सफल पार्नुको विकल्प छैन : रमेश लेखक



काठमाडौं । संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले संघीयतालाई सफल पार्नुको विकल्प नरहेको बताएका छन् । मंगलबार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै नेता लेखकले संघीयतालाई सफल पार्नुको विकल्प नरहेको बताएका हुन् ।

संघीयता, गणतन्त्र, लोकतन्त्र र समावेशिता संविधानको चार खम्बा रहेको उल्लेख गर्दै कुुुुुनै एक खम्बा झिकेर अरु खम्बालाई बचाउन नसकिने बताए । उनले राजनीतिक अस्थिरताका कारण संघीयता कार्यान्वयनमा असर परिरहेको बताए । राजनीतिक अस्थिरताका कारण पार्टी फुट्ने र सरकार परिवर्तन हुने गर्दा प्रदेश सभाहरुले चाहेजस्तो काम गर्न नसकेको उनले बताए ।

उनले भने, ‘संविधानको चारवटा हो मुल पिल्लर । हुनत धेरै तत्वहरु छ, धेरै कुरा छ । संघीयता, गणतन्त्र, लोकतन्त्र, समावेशिता हो । यो चारवटा मेजर पिल्लरहरु हो । कहिलेकाहीँ मानिस के भनिराख्या पनि सुनिन्छन् भने यो संघीयता त आवश्यक भएन चाहिँदैन कि भन्ने पनि स्वर सुनिन्छ । मैले अलि फरक कोणबाट हेरिराख्या छु । यो चारवटा पिल्लरमा उभिएको घर हो भन्छु म यो संविधान ।’

उनले थपे, ‘एउटा पिल्लर झिक्यो भने त्यसपछि यो भवन रहन्छ भन्ने कुरा कल्पना नगरे हुन्छ है । कसैले यो संघीयता झिकेर अथवा समावेशिता झिकेर या गणतन्त्र, लोकतन्त्र केही एउटा झिकेर अरु कुरा बचाउन सकिएला कि भन्या सम्भव छैन । त्यसकारण जस्तो छ, यसलाई सफल पार्नु बाहेक अरु विकल्प छैन ।’

उनले प्रदेश र स्थानीय तहमा अधिकार, जनशक्ति, स्रोत, साधन र विज्ञताको अभाव रहेको बताए । नेता लेखकले आर्थिक पारदर्शिताको पनि अभाव रहेको बताए ।



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर