spot_img

रोनाल्डो विनाको युनाइटेडले लिभरपुललाई हान्यो ४ गोल



एजेन्सी । प्रि-सिजनको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुलमाथि सानदार जित निकालको छ । गएराति भएको खेलमा युनाइटेडले लिभरपुललाई ४-० गाले अन्तरले पराजित गरेको हो ।

युनाइटेडलाई फराकिलो जित दिलाउनको लागि जोडन सन्चो, फ्रेड, एन्टोनी मार्सियल र फाकुन्डो पेलिस्त्रीले समान एक–एक गोल गरे । युनाइटेडले पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा १ गोल थप्यो ।

खेलको १२अ‍ैँ मिनेटमा सन्चोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ३०अ‍ैँ मिनेटमा फ्रेडीले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसको ३ मिनेटपछि मार्सियलले गोल गर्दै पहिलो हाफमा युनाइटेडलाई ३-० को अग्रता दिलाए ।

दोस्रो हाफको ७६औँ मिनेटमा पेलिस्त्रीले गोल गर्दै युनाइटेडलाई फराकिलो जित दिलाए । यता लिभरपुलले भने केहि आक्रमणमा अवसर सिर्जना गरेपनि गोल फर्काउन भने सकेन ।

यो प्रशिक्षक एरिक टेन हागको पहिलो खेल हो । जसमा युनाइटेडले उत्कृष्ट प्रदर्शन गर्यो । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेपनि युनाइटेडले उत्कृष्ट प्रर्दशन गर्यो ।

 



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर