More

    ओखलढुंगा जिल्ला अदालतको नयाँ आधुनिक भवन बन्ने

    Must Read

    ओखलढुंगा । जिल्ला अदालत ओखलढुंगाको नयाँ आधुनिक भवन बन्ने भएको छ । भ्याट सहित १९ करोड, ६४ लाख, १८ हजार २३८ रुपैयाँ ४० पैसाको लागतमा सिद्धिचरण नगरपालिका–११ स्थित नागढुंगा नयाँबस्तीमा नयाँ सुविधा सम्पन्न भवन बन्न लागेको हो ।

    नयाँ बन्ने भवनको आज (बुधबार) सर्वोच्च अदालतका न्यायाधिष हरिकृष्ण कार्कीले शिलान्यास गरेका छन । सोही अवशरमा आफ्नो भनाई राख्दै न्यायाधिष कार्कीले भवन निर्माणको क्रममा केन्द्रबाट गर्नुपर्ने जुनसुकै सहयोगका लागि आफू सकारात्मक रहेको बताए ।

    ठेकेदार कम्पनीलाई बजेट समयमै नआउने होकी भन्ने चिन्ता नलिन आग्रह गर्दै उनले काम अनुशार भुक्तानीको प्रक्रिया अगाडी बढ्ने बताए । आफूहरु पुरस्कार दिन आतुर रहेको भन्दै उनले सकेसम्म तोकिएको समय भन्दा अगावै निर्माणको काम सकेर पुरस्कार लिन समेत कम्पनीलाई आग्रह गरेका छन् ।

    झन्डै ६ रोपनीको क्षेत्रफलमा बन्ने भवन निर्माणको जिम्मा स्काई÷स्लेट÷चन्द्रज्योती जेभीले पाएको छ । भवन निर्माणको काम करिब साँढे २ वर्षभित्र सक्नुपर्ने सम्झौतामा उल्लेख छ । ५ तलाको उक्त भवनमा लिफ्ट जडान हुनेछ भने कर्मचारी आवास गृह, सुरक्षागार्ड आवास गृह र पार्किङ लगायतका संरचनाहरु बन्नेछन ।

    जिल्ला अदालत ओखलढुंगाको हालको भवन र उच्च अदालत विराटनगर अस्थाई ईजलास ओखलढुंगाको भवन आसपासमै छन । तर मापदण्ड अनुसार जग्गा कम भएपछि जिल्ला अदालतको नयाँ भवन अन्तै बनाउन लागिएको अदालतका श्रेष्तेदार नविन खनालले जानकारी दिए ।

    उनका अनुशार जिल्ला अदालतको नयाँ भवन बनेपछि पुरानो जिल्ला अदालतको भवन र जग्गा समेत उच्च अदालत विराटनगरलाई दिइने सम्झौता भएको छ ।

     



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This