काठमाडौं । ‘रोयल ए वान फाष्टफूड ग्रुप’द्वारा सञ्चालित होटल ए वान क्याफे भेन्यूको २०औं शाखा काठमाडौंको कोटेश्वरमा सञ्चालनमा आएको छ । सोमबार (आज) कोटेश्वर चोकमा नयाँ शाखाको बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् ।
होटल ए वान क्याफे भेन्युको उद्घाटनमा हास्यकलाकार र वडाका जनप्रतिनिधिको सहभागिता रहेको थियो । होटल उद्घाटन गर्दै वागमती प्रदेशका सभामुख श्रेष्ठले होटल ए वान क्याफे भेन्युले होटल तथा पर्यटनको क्षेत्रमा ठूलो योगदान दिएको बताए ।
उनले ए वान क्याफे भेन्युले उद्यमशीलता, रोजगारी, पर्यटन प्रबद्र्धन र उत्पादनको क्षेत्रमा महत्वपूर्ण योगदान र्पुयाइरहेको बताए । सभामुख श्रेष्ठले भेन्युले शाखा विस्तारसँगै गुणस्तरीय सेवा दिनु पर्ने बताए । काठमाडौं उपत्यकामा तीन दशक लामो समयदेखि होटल ए वान क्याफे, बैंक्वेट सञ्चालन गर्दै आएको रोजगारी क्षेत्रमा राज्यलाई सहयोग गरेको सभामुख श्रेष्ठको भनाइ छ ।
सञ्चालक राकेश श्रेष्ठले ‘खाद्य स्वच्छता र सेवामा उत्कृष्टता’ दिने गरि कोटेश्वरमा पनि नयाँ होटल क्याफे भेन्यूसहित नयाँ शाखा खोलिएको बताए । श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकामा होटल ए वान क्याफे भेन्यूका २० वटा शाखा होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा रहेका छन् ।
होटल ए वान क्याफे भेन्युले युवालाई उद्यमशीलतामा जोड्ने, युवालाई स्वरोजगार बनाउने, रोजगारी सिर्जना गर्ने र नेपाली उत्पादन बस्तुको प्रोत्साहनलाई प्राथमिकता दिएको उनले बताए । सञ्चालक श्रेष्ठका अनुसार क्याफेले आर्थिक सामाजिक रूपान्तरण, स्वच्छ सफा गुणस्तरीय रमणीय वातावरणसहित सेवासहित पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउँदै आएको बताए ।
उनले रोयल ए वान ग्रुपले काठमाडौंमा मात्रै नभए ग्रामीण क्षमेत सेवा विस्तार गरिरहेको बताए । नयाँ खुलेको होटल ए वान क्याफे भेन्यू शाखामा १००० जनाले एकैसाथ सेवा लिन सक्नेछन् । यो भेन्युमा विवाह, व्रतबन्ध, पार्टी, सेमिनार, गोष्ठी, भेला तथा समारोहलगायतका लागि स्वच्छ सफा वातावरणमा सहितको सेवा उपलब्ध रहेको छ । ए वान होटलले विभिन्न शाखामार्फत प्रत्यक्ष रुपमा पाँच सय जनालाई रोजगारी प्रदान गरेको छ ।