More

    नेपालमा थप २०५ जनामा कोरोना पुष्टि, ५१ जना निको भए

    Must Read

    काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार १ हजार १९९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ५२ जना र १ हजार ८९१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार २०१ पुगेको छ ।

    योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या १३ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ३८५ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ५१ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ५७ पुगेको छ ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This