More

    मुलुकलाई संकटबाट जोगाउनका लागि बामपन्थी शक्तिहरु तालमेल गरेर अघि बढ्नुपर्छ : नेता श्रेष्ठ

    Must Read

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ सबै बामपन्थी पार्टीहरुलाई तालमेलका लागि आग्रह गरेका छन् । मुलुकलाई संकटबाट जोगाउनका लागि पनि सबै बामपन्थी शक्तिहरु तालमेल गरेर अघि बढ्नुपर्ने उनको तर्क थियो । नेपालमा बामपन्थीहरु मात्रै देशभक्त महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै उनले उनीहरुबीचमै एक अर्कालाई सिध्याउने काम भए मुलुकनै संकटमा पर्न भन्दै चिन्ता व्यक्त गरे ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले सबै बामपन्थी नेताहरुले कमीकमजोरी भए आत्मसमीक्षा गर्दै तालमेलको बाटामा अघि बढनुपर्ने आवश्यक्ता औंल्याए । नेता श्रेष्ठले आफै सिद्धिने बाटोबाट बच्न पनि बामपन्थी शक्तिहरु मिलेर अघि बढनुपर्ने बताए ।

    नेपाल–चीन हिमालयन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौतिीर अवको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले तत्काल पार्टी एकताका लागि आधार नबनेपनि वामपन्थी दलहरुबीच तालमेल गरेर जान सकिने पटकपटक दोहो¥याए ।

    नेता श्रेष्ठले भने, ‘नेपालमा देशभक्त अगुवा शक्ति बामपन्थी शक्ति हो । यो कुरा कसैबाट छिपेको छैन । अहिले पनि बामपन्थी शक्तिहरु दुई तिहाईभन्दा बढी छन् यो देशमा । अहिलेको विभाजन र चिराचिराको अवस्थालाई छोडिदिने हो भने र एकतावद्ध गर्ने हो भने अनि राष्ट्रियतको रक्षा गर्नका निमित्त पनि देशभक्तिपूर्ण आन्दोलनको अगुवाई गर्ने शक्तिहरुले एकतावद्ध भएर सम्पूर्ण अरु देशभक्त शक्तिहरुलाई पनि मिलाएर राष्ट्रिय सहमती गरेर यो देशभक्तिपूर्ण आन्दोलनलाई सही दिशातर्फ अगाडि बढाउनु पर्छ । र, राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुपर्छ ।’

    उनले थपे, ‘त्यसमा अहिले हाम्रो बामपन्थीहरुको स्थिति कस्तो छ भने एकअर्कालाई सिध्याउने, तल पार्ने मेसो चलाउँदा खेरी अब सबै सिद्धिने स्थितिमा त गईराखेका छैनौं ? यो हेर्नु पर्दैन ? कसले एक अर्कालाई सिध्याउने हो भन्यो । बामपन्थी कम्युनिष्ट आन्दोलन सिध्याउने ? र, आफू सबै विर्सजित हुने । त्यसबाट बच्नु प¥यो । अनि बामपन्थी आन्दोलन सिद्धिएपछि के हुन्छ त नेपालमा ? नेपालको सन्दर्भमा बामपन्थी आन्दोलन सिद्धियो भने नेपालको राष्ट्रियता कमजोर हुन्छ । र, यो देशको अस्तित्व संकटमा पर्छ । त्यसकारण देशलाई सिध्याउने काम हामीले नगरौं । त्यसको निम्ति वामपन्थीहरुको एकता आवश्यक छ ।’

    उनले फेरि भने, ‘कमसेकम तालमेल, मोर्चा र त्यसपछि अर्को दिशातर्फ जानुपर्ने आवश्यक्ता छ । तर त्यसको निम्ति आदरणीय नेता कमरेड केपी शर्मा ओली यहाँ हुनुहुन्छ । अरु नेताहरु बाहिर हुनुहुन्छ । म सबैसँग विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु–तुम शेर तो, हम सवाशेर छोडिदिऊ । घटनाक्रमको विषयबस्तुमा गम्भिर आत्मसमिक्षा गरांैं । कतिपय पछाडि गरौंला । जो अहिल्यै गर्न पर्नेछ । कमीकमजोरी भए आत्माआलोचना गरौं । मत आत्माआलोचना गछु पार्टी एकता जोगाउन सकिन भनेर । सबै मिलौं । प्रतिनिधिसभा विघटनमा के भयो, एमसीसीमा के भएको थियो, १९ बूँदे आरोप पत्रमा के भएको थियो ? पार्टी एकताका लागि तत्काल आधार नबन्ला तर तालमेल गरेर अघि बढन सकिन्छ ।’

    त्यस्तै नेता श्रेष्ठले नेपालको परराष्ट्र नीतिलाई स्वतन्त्र बनाई राख्न दलहरुबीच राष्ट्रिय सहमती हुनुपर्ने पनि बताए ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This