More

    ४१ लाख ५५ हजार हुन्डीको रकमसहित भारतीय नागरिक पक्राउ

    Must Read

    वीरगंज, ४ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले एकचालीस लाख पचपन्न हजार रकमसहित हुण्डी कारोवार गर्ने एकजनालाई पक्राउ गरेको जनाएको छ ।

    आज बिहान ८ः०० बजे प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा भारतको रक्सौलबाट वीरगंजतर्फ आइरहेको भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्दा भारत विहार, जिल्ला पूर्वी चम्पारण थाना रक्सौल वडा नं.११ बस्ने वर्ष २५ को राकेश कुमारलाई ४१ लाख ५५ हजारसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।

    मोटरसाइकलको सिटमुनी तथा ट्ंयाकीमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली एकचालीस लाख पचपन्न हजार फेला परेको हुँदा रकमसहित राकेशलाईपक्राउ गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिप्रका, पर्साले जनाएको छ ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This